भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

संखुवासभा : संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।घाइते हुनेमा मकालु–२ का ३० वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काले जानकारी दिए। आइतबार बिहान १० बजे घर नजिकैको बारीमा काम गरिरहेका राईलाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन्। राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र मकाल

सम्बन्धित सामग्री

जलेर गम्भीर घाइते वृद्धाको मृत्यु

जलेर गम्भीर घाइते बर्दिया राजापुर नगरपालिका–५ झप्टीकी ७५ वर्षीया सोहनी थारूका मृत्यु भएको छ ।  बुधबार  कोठामा आगो बालेर सुकेकी थारुले ओडेको ब्ल्यांकेट सल्किएपछि उनी पनि जलेर गम्भीर घाइते भएकी...

कुटपिटबाट एक विद्यार्थी गम्भीर घाइते

सल्यान : सल्यानमा आपसी वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन्। जिल्लाको शारदा नगरपालिका–१२ मूलडाँडामा एसईई परीक्षा दिने विद्यार्थीबीच वादविवादका क्रममा कुटपिट हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका हुन्।शारदा नगरपालिका–७ कजेरीका अन्दाजी १९ वर्षीय वीरबहादुर बुढाथोकी लगायत ७÷८ जना विद्यार्थीले छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका अन्दाजी १९ वर्षीय सन्दीप थापालाई कुटपिट गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।परीक्षा दिने समय

चितुवाको आक्रमणबाट वृद्ध गम्भीर घाइते

डडेल्धुरा । डडेल्धुरामा चितुवाको आक्रमणमा एक वृद्ध गम्भीर घाइते भएका छन् । आलिताल गाउँपालिका–३ धातडीका ७० वर्षीय गगनसिंह धामी घाइते भएका छन् । धामीलाई सोमबार बिहान वनमा चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते

काठमाडौं– चितवनमा मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडक खण्डमा बिहीबार साँझ दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।  घाइते दुवैको परिचय नखुलेको र उनीहरूलाई उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

भालुको आक्रमणबाट ताप्लेजुङमा एकजना गम्भीर घाइते

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। जंगली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार...

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

जुम्लामा भालुले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छन्। घाइते हुनेमा जुम्ला चन्दननाथ नगरपालिका-८...

गोरुले हान्दा गम्भीर घाइते भएका पुरुषको मृत्यु

खोटाङ – खोटाङमा गोरुले हान्दा गम्भीर घाइते बनेका पुरुषको मृत्यु भएको छ। गोरुले हान्दा गम्भीर घाइते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ५० वर्षीय असुरध्वज राईको बुधबार राति मृत्यु भएको हो। चराउन लगेको बेला गोरुले बुधबार बिहान हान्दा गम्भीर घाइते भएका राईको फेमिली केयर अस्पताल दिक्तेलमा उपचारकोक्रममा मृत्यु भएको हो। मलका लागि आफन्तबाट ल्याएर पाल्न […]

भालुको आक्रमणबाट युवती गम्भीर घाइते

डोटीको पूर्वी क्षेत्रमा पर्ने केआइसिंह गाउँपालिका–४ वायलमा जंगली भालुले आक्रमण गर्दा एक युवती गम्भीर घाइते भएकी छन् ।  जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी रवीन्द्र चन्दले भालुको आक्रमणबाट ३८ वर्षीया पपि विष्ट गम्भीर घाइते भएको बताए ।  बासकोटा बोकडाडा भन्ने ठाउँमा घाँस काट्न गएकी विष्टलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए ।  उनका अनुसार भालुले उनको टाउको, छाती तथा शरीरका विभिन्न भागमा गहिरो चोट पुर्‍याएको छ । भालुले आक्रमण गर्दा उनी भिरबाट...

भालुको आक्रमणबाट गम्भीर घाइते

काठमाडौं, १९ कात्तिक । भालुको आक्रमणमा परी रसुवाका एक पुरुष गम्भीर घाइते भएका छन् । उनलाई बुधबार गोठमा छिरेर भालुले आक्रमण गरेको हो । गोसाइकुण्ड गाउँपालिका १ थुमनका निमा दिनडुप तामाङ लाई सोही गाउँपालिका वडा नं २ को मिबु खार्कमा रहेको गोठमा भालुले आक्रमण गरेको थियो । आक्रमणमा परी गम्भीर घाइते उनलाई ग्रीनसिटी अस्पतालमा ल्याएर […]

खुकुरी प्रहारबाट एकजना गम्भीर घाइते

संखुवासभा : चिचिला गाउँपालिका–२ दिदिङमा खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीका अनुसार दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ गम्भीर घाइते भएका हुन्। बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन्।खुकुरी प्रहारबाट गुरुङको टाउको, आँखा र शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि