पेरू : पेरूको मुख्य अन्तरराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ। राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ। विज्ञप्तिका अनुसार बरामत गरिएका कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए।पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजा