काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म डिप्रोक्स लघुवित्त वित्तीय सस्था लिमिटेडले २० अर्ब २३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १८ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १० दशमलव ४२ प्रतिशत बढी कर्जा प्रवाह भएको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ३२ दशमलव ७७ प्रतिशत कम ३७ करोड १९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड ३१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
सञ्चालन नाफा अघिल्लो वर्षभन्दा ३३ दशमलव ३० प्रतिशत कम ५३ करोड १३ लाख रूपैयाँभन्दा बढी भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ६६ करोड २१ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष कम्पनीको इम्पेरमेन्ट चार्ज १० करोड ६५ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रूपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निग ६६ करोड २१ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम १ अर्ब १६ करोड रूपैयाँभन्दा बढी कायम छ । गत चौथो त्रैमाससम्म कम्पनीले ९ अर्ब ४ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने कर्जा सापटी ८ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी लिएको छ । अघिल्लो वर्ष १ दशमलव शून्य ३ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष बढेर ४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २३ रूपैयाँ ९८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१७ रूपैयाँ ८७ पैसा रहेको छ ।