बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ । राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले कान्तिपुरलाई बताए । 'एजेन्सी सञ्चालकले भुइँतलामा सिलिन्डर राखेको रहेछ । त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भयो । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल छन्,' उनले भने ।