‘हेड काउन्ट’ का लागि जसपाका नेताहरु निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुन लागेको हो । सोमबार केन्द्रीय कार्यकारिणी […]

सम्बन्धित सामग्री

जसपाका नेता कार्यकर्ता सनाखतका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ । आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उहाँहरु आयोग पुग्नुभएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिनभयो ।