जसपाका नेता कार्यकर्ता सनाखतका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ । आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उहाँहरु आयोग पुग्नुभएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिनभयो ।

सम्बन्धित सामग्री

जसपाका सात सांसदद्वारा निर्वाचन आयोगमा निवेदन दर्ता

जनता समाजवादी पार्टीका नेता अशोक राईसहित सात सांसदद्वारा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन पेस भएको छ।

बाबुराम भट्टराईको 'नेपाल समाजवादी पार्टी' दर्ता, चुनाव चिह्न 'आँखा'

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ ।आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ ।निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । नेपाल समाजवादी पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।

निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई

जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । स्थानीय चुनावमा उम्मेदवारलाई पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर रहने निर्वाचन आयोगलाई जानकारी गराएको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए ।यसअघि टिकट वितरणमा कसको हस्ताक्षर रहने भनी पार्टीमा विवाद थियो । टिकट वितरणमा आफ्नो हस्ताक्षर रहने दाबी पार्टीका अध्यक्ष उपेन्द्र यादवको थियो । तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक जना हस्ताक्षर आफूले स्वीकार नगर्ने बताउँ

जसपाको विवाद टुंयाउन सनाखतका लागि निर्वाचन आयोगमा पुगे रेशम चौधरी

काठमाडौं : जसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य (निलम्बित) रेशम चौधरी निर्वाचन आयोगमा पुगेका छन्। जसपाको विवाद टुंयाउन सनाखतका लागि चाैधरी आयोग पुगेका हुन्। ५१ सदस्यीय कार्यकारिणी समिति सदस्यमा ३४ जनाले यादवको पक्षमा र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। टीकापुर घटनाका जेलमा रहेका रेशम चौधरी महन्थ ठाकुर पक्षका नेता हुन्। पछिल्लो समय उनी महन्थ ठाकुर र राजेन्द्र महतोसँग रुष्ट छन्। जसपामा आधिकारिकता विषयमा विवाद हुँदा निर्वाचन आयोगले हेड काउन्टका लागि ५१ सदस्यीय कार्य

जसपाका नेताहरुको सनाखत जारी, राज किशोरलगायतका नेता यादव समूहमा

न्युज अफ नेपाल, काठमाडौँ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत ‘हेड काउन्ट’ जारी छ । सनाखतमा जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले समेत यादव पक्षलाई समर्थन गरेका छन् । यादवको पक्षमा हस्ताक्षर गरेका नेता मनिष सुमनले आफूले पार्टी एकताको पक्षमा हस्ताक्षर गरेको बताएका छन् । उनीसँगै अर्का […]

आधिकारिकता प्राप्त भएपछि सरकारमा जान्छौं : जसपा नेता यादव

११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाका नेता महेन्द्र राय यादवले आफूहरु सरकारमा छिटै सहभागी हुने बताएका छन् । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारमा सहभागी सहभागी हुने बताएका हुन् । सरकारको न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा सहभागी हुने बताउँदै उनले भने, ‘पार्टीको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको बैठक बस्छौं, त्यसपछि प्रक्रिया अघि […]

राजकिशोरले पनि उपेन्द्रको पक्षमा हस्ताक्षर गरे

जसपाका नेता राजकिशोर यादवले निर्वाचन आयोगमा पुगेर उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् । जसपाको पार्टी विवाद मिलाउन निर्वाचन आयोगले कार्यकारिणी सदस्यलाई हस्ताक्षर गर्न बोलाएको थियो । लोकान्तरसँग कुरा गर्दै यादवले अझैपनि जसपा मिल्ने ठाउँ रहेको बताए । ‘मैले महन्थलाई भेटेर तपाईंको कारणले पार्टी विभाजन गर्नु हुँदैन, विभाजन गर्ने मुड बनाउनु भएको छ भने म साथ दिँदैन भनेको थिएँ,’ यादवले भने ।  नेता यादवले राजनीतिक रुपमा मिल्न नसके पनि निर्वाचन आयोगले जसपालाई एकीकृत गरिदिएको दाबी गरे । ‘एक...

माओवादी समूहबीच एकीकरणका लागि गोपाल किरातीको पत्राचार

निर्वाचन आयोगमा नेकपा (माओवादी केन्द्र) दर्ता गरेको पूर्वमन्त्री गोपाल किरातीले सबै माओवादी समूहका नेताहरुलाई एकीकरणका लागि पत्राचार गरेका छन् । किरातीको पत्र पाएपछि प्रचण्ड समूहका नेताहरुले किरातीसँग छलफल अघि बढाइसकेका छन् ।माओवादी नेता किरातीले पार्टी एकता वा मोर्चाबन्दीका लागि माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका नेता डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका नेता मोहन वैद्य र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई बेग्लाबेग्लै पत्र पठाएर एकताका लागि आह्वान गरेका हुन् ।किरातीको पत्राचारपछि