काँग्रेसका दुई जनाको मन्त्रालय हेरफेर

नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका दुई जनाको मन्त्रालय हेरफेर भएको छ । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् गठन गर्दा ज्ञानेन्द्रबहादुर कार्कीको मन्त्रालय परिवर्तन भएको छ ।यसअघि कानुनमन्त्री रहेका कार्कीको मन्त्रालय परिवर्तन भएर उनले सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् ।  यस्तै यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठ राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।