बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको हो ।१३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्तफिजुर रहमानले नटआउट रहँदै क्रमशः ३८ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । उनीहरूबाहेक कप्तान लिटन दासले ४१ रन बनाए । भारतका लागि मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप सेन र वासिङटन सुन्दरले २ विकेट लिए ।यसअघि शकिब अल हसन र इबादत होसेनको घातक ब