ब्रिटिस कलेजद्वारा इन्क्युबेशन सेन्टरको शुरुआत

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले इन्क्युबेशन सेन्टरको शुरुआत गरेको छ । नवप्रवर्तन र उदयमान स्टार्टअपहरूलाई बढावा दिन र उद्यमीहरूलाई अझै सशक्त बनाउनका लागि ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले बिहीवार आधिकारिक रुपमा इन्क्युबेशन सेन्टरको शुरुआत गरेको हो ।  कलेज हातामा रहेको इन्क्युबेशन सेन्टरले सेवा तथा स्रोत÷साधनहरूको क्षेत्रमा काम गर्नेछ, जसले स्रोत तथा साधनहरूको उपलब्धतासँगै विशेष कार्यक्रमहरू, कार्यशाला गोष्ठी, बिजनेस नेटवर्किङको अवसर लगायतका सेवाहरू प्रदान गर्नेछ । सेन्टरले उद्यमीहरूलाई सहयोग गर्नको लागि सल्लाहकारहरू, विभिन्न पक्षहरूसँग समन्वय गर्ने अवसर, व्यापारिक समूहबीचको समन्वय वृद्धि तथा कार्यक्रम गर्नको लागि स्थान उपलब्ध गराउनेछ ।  इन्क्युबेशन सेन्टरको अनावरण कार्यक्रममा कलेजका डेप्यूटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडनले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, इन्क्युबेशन सेन्टरका लिड सुबोध रुपाखेतीले पनि आफ्ना भनाईहरू राखेका थिए ।  रूपाखेतीले आगामी वर्षको लागि सेन्टरको योजना तथा कार्यक्रमहरूसँगै यसको विस्तार योजनाको रूपरेखा पनि प्रस्तुत गरेका थिए । कलेजले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘टीबीसी स्टार्टअप फेस्ट’ पनि यसै सेन्टरअन्र्तगत पर्ने उनको भनाइ छ । इन्क्युबेशन सेन्टरमा मुख्यतः विज्ञहरू हुनेछन्, जसमा सबैलाई समेटेर विकसित डिजिटल परिदृश्यमा स्टार्टअपहरूको सुरक्षा र प्रत्याभूतिको सुनिश्चिताका लागि मिलेर काम गरिन्छ । यसबारेमा थप व्याख्या गर्दै रूपाखेतीले भने, ‘हामी उद्यमीहरू, स्टार्टअपहरू र व्यवसायहरूलाई सदस्यता लिनको लागि, इन्क्युबेशन कार्यक्रमहरू, तथा इन्टर्नशिपको अवसरहरूको लागि आमन्त्रित गर्छौं साथै, अगाडि बढ्न र ब्यवसायको विकास गर्न खोजिरहेका व्यवसायीहरूसँग सहकार्यको लागि पनि तयार छौं ।’ कार्यक्रममा गुगलको प्रोडक्ट म्यानेजमेन्टको प्रमुख भएर काम गरिसकेका जोन पार्क तथा टीबीसीका पूर्व छात्र तथा फेल्ट एण्ड यार्न प्रा.लि.का संस्थापक सुनिता शेर्पाले आफ्ना भनाईहरू राखेका थिए । कार्यक्रमको उद्घाटन गरेका कलेजका संस्थापक तथा सीईओ राजन कँडेलले कार्यक्रमको समापन पनि गरेका थिए । समापन मन्तब्य राख्दै कँडेलले भने, ‘इन्क्युबेशन सेन्टरको शुरुआतले उद्यमशीलता र नवप्रवर्तनको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गरेको छ । यस कदमले आकांक्षी उद्यमीहरूको विचारहरूलाई सफल व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने हामीलाई विश्वास छ ।’

सम्बन्धित सामग्री

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो । बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर् युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट अफ इङ्‍गल्याण्ड, किल् युनिभर्सिटी र लिड्स बेकेट युनिभर्सिटीको […]

टिबिसी स्टार्टअप फेस्टमा स्टाइरोफोम विजयी

द ब्रिटिस कलेज (टिबिसी) स्टार्टअप फेस्ट प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गर्दै सम्पन्न भएको छ । टिबिसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले...

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा तेस्रो जब फेयरको आयोजना गरेको हो ।

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सुरु हुने भएको छ । कलेजका अनुसार बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व […]

सेप्टेम्बरदेखि द ब्रिटिस कलेजमा ‘विकेण्ड इएमबीए प्रोग्राम’ सञ्चालन हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेण्ड इएमबीए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको बताइएको छ । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बन

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।...

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रूपन्देहीको व्यवस्थापन थाल्यो

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रूपन्देहीको व्यवस्थापन थालेको छ ।

ब्रिटिस कलेज काठमाडौंमा बैंक अफ काठमान्डूको डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालन

काठमाडौँ – बैंक अफ काठमान्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तार गर्ने क्रममा ब्रिटिस कलेज काठमाडौंमा डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालनमा ल्याएको छ। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत यस बैंकको क्युआर कोड स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन्। यस बैंक अफ काठमान्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा […]

ब्रिटिस कलेजको व्यवस्थापनमा नमस्ते एकेडेमी सञ्चालनमा

द ब्रिटिस कलेज (टीबीसी) ले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ ।