भीम रावलले टिकट नपाएपछि अछामका ४० जनाले छाडे एमाले

भीम रावललाई टिकट नदिएपछि नेकपा एमाले अछामका ४० जना नेताले पार्टी छाडेको घोषणा गरेका छन् । एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन् ।एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर र सागर सिंह बाब्ली रहेका छन् । एमाले अछामले रावलको नाम एकल सिफारिस गरेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट थिएका छन् ।पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्त

सम्बन्धित सामग्री

एमालेमा भीम रावलको कमब्याकः अछामबाट कार्यक्षेत्रमा फर्किए

अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखी असन्तुष्ट रहँदै पार्टी गतिविधिबाट वाहिर रहेका एमाले नेता भीम रावल संगठनका काममा फर्किएका छन्। नेकपा कालदेखी नै ओलीको कटु आलोचक रहेका रावल प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि ...

भीम रावल पार्टी काममा फर्किए, साँफेबगरको मिसन ग्रासरुटमा सहभागी (भिडिओ)

अछाम । प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री डा. भीम रावले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् । नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले […]

भीम रावल र एकीकृत समाजवादी निकट युवा नेताहरुबीच भेटघाट

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको केन्द्रिय नेतृत्वको टोलीले एमालेका पूर्व र वर्तमान नेताहरूसँग दैनिकजसो भेट गरिरहेका छन्।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि उनीहरुले नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल

भाषण गर्दै गर्दा कार्यकर्ताले 'भीम रावल खै' भनेर सोधेपछि जंगिए ओली

कञ्चनपुरको सभामा केपी ओली डडेल्धुरामा कर्ण मल्ललाई एमालेलाई समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिँदै थिए। त्यस्तै, कर्ण मल्लको समूहले प्रदेश सभामा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भनेको र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै थिए।ओलीले भन्दै थिए 'नेकपा एमाले अरु कुनै बागी विद्रोही उम्मेदवारलाई समर्थन गर्छ भन्ने भ्रम नपाले पनि हुन्छ। त्यसकारण म हाम्रा कार्यकर्ता साथीहरूलाई डडेल्धुराका साथीहरूलाई आग्रह गर्न चाहन्छु– केन्द्रको निर्णय अक्षरशः जस्ताको तस्तै दृढताको साथ कार्यान्वयन गरेर अगाडि बढाउनुस्। त्यो आदेश र निर्देश पनि म पार्टी केन्द्रको तर्फबाट साथीहरुलाई भन्न चाहन्छु। अरु कुरा हुँदैन।'त्यति नै बेला सभामा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल! ओली केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिए– ’भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या?के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। स्वयं रावलले पनि ओलीको आलोचना गर्ने गरेका छन्। यद्यपि, ओलीले यसअघि पनि रावलले ०४८ सालदेखि खाइरहेको बताएका थिए। रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। ओली भने ०४८ देखि नै सांसद छन्। उनी ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए।त्यसअघि पनि ओली बोलिरहँदा दर्शकदीर्घाबाट ’एमसीसी’ भन्दै उनको लय बिगारिदिएका थिए।

ओलीले टिकट नदिँदा एमालेले व्यहोरिरहेको घाटा

काठमाडौँ : नेकपा एमालेमा टिकट वितरणको सकसले नै चुनावी प्रसारमा केही असर देखिन थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर संघर्षको इगो साँधेर भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि एमालेभित्रको आन्तरिक संघर्ष अहिले सतहमा आइरहेको छ । टिकट नपाएपछि घनश्याम भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । छविलाल विश्वकर्मासँग […]

अछाम–१ का उम्मेदवार कुँवरलाई भीम रावलमाथि आश

अछाम क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले एमाले नेता भीम रावलले आफूलाई सहयोग गर्ने विश्वास गरेका छन् । रावल अछाम १ मा आफूले टिकट नपाएपछि एमालेसँग असन्तुष्ट छन् भने केही दिनअघि राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष केपी ओलीको कडा आलोचना गरेका थिए । यही क्रममा मंगलबार राजधानीको संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भीम रावल राष्ट्रिय व्यक्तित्व भएको र उनका

चिनियाँ दबाबमा अपमान सहेर पनि एमाले मै रहे भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीबाट टिकट नपाएपछि एमाले परित्याग गर्छन् भन्ने आकलनहरू भए। तर, ती आकलनहरूलाई नेता रावलले बिहीबार एक पत्रकार सम्मेलन गर्दै झुटा साबित गरिदिए।

चिनियाँ दबाबमा अपमान सहेर पनि एमाले मै रहे भीम रावल

नेकपा एमालेका नेता भीम रावलले पार्टीबाट टिकट नपाएपछि एमाले परित्याग गर्छन् भन्ने आकलनहरू भए। तर, ती आकलनहरूलाई नेता रावलले बिहीबार एक पत्रकार सम्मेलन गर्दै झुटा साबित गरिदिए।

ओली स्वेच्छाचारी हुन् : भीम रावल

टिकट वितरणमा पार्टी नेतृत्वबाट कोपभाजनमा परेका एमाले नेता भीम रावलले पार्टी अध्यक्ष ओलीलाई स्वेच्छाचारीको आरोप लगाएका छन् ।  जिल्लाबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएपछि औपचारिक धारणा सार्वजनिक गर्न काठमाडौंमा पत्रकार...

चर्चित नेता, जो चुनावी मैदानबाट रिङ आउट भए

काठमाडौं।दलीय संगठनसँगै समाजमा प्रभाव राख्ने नेताहरु उम्मेदवारको टिकट नपाएपछि किनारामा आइपुगेका छन्। तीमध्येका हुन्, काँग्रेसका मिनेन्द्र रिजाल, एमालेका भीम रावल, काँग्रेसका स्वर्णिम वाग्ले, माओवादीका हरिबोल गजुरेल। यसपालीको चुनावबाट रिङ आउट भएका चर्चित नेता हुन् स्वर्णीम वाग्ले। काँग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएन। काँग्रेस नेता डा. मिनेन्द्र रिजाल, माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल र एमालेका भीम रावलले अन्तिम समयमा टिकट पाएनन्।