सिटीलाई घरेलु मैदानमा लिग उपाधि जित्ने मौका

काठमाडौं। म्यानचेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्ने लक्ष्यका साथ चेल्सीलाई आतिथ्यता प्रदान गर्नेछ। चेल्सीलाई हराए सिटीले घरेलु मैदानमा लिग उपाधि जित्नेछ। सिटीले चेल्सीसँगै च्याम्पियन्स लिगको फाइनलमा पनि प्रतिस्पर्धा गर्दैछ। १७ अप्रिलमा एफए कप सेमिफाइनलमा सिटी हारेको थियो। चेल्सीले इतिहाद रंगशालामा पछिल्लो १२ मध्ये ९ खेल हारेको छ। प्रिमियर लिगमा पछिल्लो ११ मध्ये सिटीले सात खेल जितेको छ।

सम्बन्धित सामग्री

बंगलादेश विरुद्ध नेपाललाई बदला लिने मौका

२६ असार, काठमाडौं । गत वर्ष घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेता बनेको थियो । दशरथ रंगशालमा घरेलु समर्थक अघि पहिलो पटक साफ उपाधि जित्ने नेपाली महिला टोलीको लक्ष्यमा बंगलादेश बाधक बनेको थियो । त्यही हारको बदला लिने लक्ष्यसहित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाली राष्ट्रिय महिला टिम बंगलादेश पुगेको […]

यू–१९ महिला विश्वकप २०२७ को तयारीमा कसरी लाग्नेछ नेपाल ?

नेपाली भूमिमा विश्वकप प्रतियोगिता आयोजना गर्न पाउनु नेपाली क्रिकेट र नेपाल क्रिकेट संघ (क्यान) का लागि ठुलो सफलता हो । नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने मौका पाएको हो । पहिलो पटक आयोजनाको जिम्मेवारी पाएको नेपाल विश्वकपको तयारी मात्र होइन, उपाधि नै जित्ने तयारीमा पनि लाग्ने क्यानले बताएको छ । ‘नेपालका लागि घरेलु मैदानमा आयोजना हुने विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नु मुख्य लक्ष्यमा एक हुनेछ । विश्वकपकै तयारीका लागि आजै देखि जुट्छौँ,’ क्यानका कार्यवाहक सचिव प्रशान्

चेल्सीलाई लिभरपुलविरुद्ध बदला लिने मौका

गत फ्रेब्रअरीमा भएको कारवाओ कपको फाइनल खेलमा चेल्सीलाई पेनाल्टी सुट आउटमा हराउँदै लिभरपुलले उपाधि उचाल्यो । वेम्बली स्टेडियममा भएको खेलमा निर्धारित समय गोल रहित बरबारी हुँदा पेनाल्टी सुट आउटबाट लिभरपुले बाजि मार्यो । सोही मैदानमा आज (शनिबार) राति चेल्सी र लिभरपुलले एफए कपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । एफए कपको फाइनलमा लिभरपुलले चेल्सीसँग भिड्न लागेको हो । यो सिजन दोस्रो उपाधि जित्ने योजनामा रहेको लिभरपुललाई चेल्सी चुनौती दिने योजनामा छ । च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको