काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् ।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् ।सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।