सुर्खेत । दैलेखको नारायण नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाएको छ । एमाले कर्णाली प्रदेश कमिटीले मेयरमा लोमन शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उपमेयरमा यसअघि नै तप्ता थापा चयन भइसकेकी छन् । मेयरका लागि प्रेम थापाको पनि दावी रहेको थियो । २०७४ सालको निर्वाचनमा नारायण नगरपालिकामा एमालेले जितेको थियो । […]