काठमाडौँ : संसद्को तेस्रो दलले देश हाँकिरहँदा प्रमुख प्रतिपक्षी बेञ्चमा थन्किएको दोस्रो ठूलो शक्ति नेकपा एमाले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयत्नमा छ। यसका लागि उसले विभिन्न प्रयत्न गर्नु र मौका हेर्नु अस्वाभाविक होइन। एमालेले आसन्न राष्ट्रियसभा निर्वाचनलाई सत्ता गठबन्धन भत्काउने मौकाको रूपमा प्रयोग गर्ने दाउ हेरिरहेको छ। आगामी फागुन २० गतेभित्र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजव