काठमाडौँः नेपाली कांग्रेसले बिहीबार हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचन र बाँकी जिल्ला अधिवेशनलाई छलफलको एजेण्डा बनाउने भएको छ।
प्रवक्ता प्रकाशशरण महतका अनुसार भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता र गतिशीलताको विषयलाई पनि एजेण्डा बनाउने विषयमा पदाधिकारीबीच छलफल भएको छ।
‘भोलिको कार्यसम्पादन समितिको बैठकको सम्बन्धमा छलफल भयो। हामीले बिफ्र…