धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले सात किसिमका सिफारिस निःशुल्क गर्ने

२७ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाले बिभिन्न सात किसिमका सिफारिस निःशुल्क गर्ने भएको छ । नगर प्रमुख सुखदेव यादवका अनुसार नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइ सराइ, घरबाटो र चार किल्ला प्रमाणित सिफारिस निःशुल्क गरिने छ । नगर प्रमुख यादवले नगरपालिकाका १० वटै वडालाई पत्राचार गर्दै यी सिफारिस निःशुल्क गर्न भनेका छन् […]

सम्बन्धित सामग्री

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।...

राप्ती नगरपालिकाले जन्मदिनमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

चितवनको राप्ती नगरपालिकाले जन्मदिनको अवसरमा नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने अवधारणा ल्याएको छ। नगरबासीको नियमित स्वास्थ्य परीक्षण गर्ने अवधारणा स्वरुप नगरपालिकाले जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो।...

बझाङको जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबीबीएस पढाउने

बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई निःशुल्क एमबीबीएस  पढाउने भएको छ । नगरपालिकाले एमबीबीएस पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला पनि गरेको छ ।आवेदनमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान संकायबाट कक्षा १२ पास गरेको र नेपाल सरकारले लिने एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालेको हुनुपर्ने उल्लेख गरेको छ । नगरपालिकाले साउन १८ गतेभित्र फारम भरी सक्नु पर्ने अन्तिम मिति राखेको छ।छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिका भित्रका माध्यमिक विद्यालयमा पढेको हुनु

जयपृथ्वी नगरपालिकाले निःशुल्क एमबिबिएस पढाउने

बझाङको जयपृथ्वी नगरपालिकाले प्रत्येक वर्ष एक जनालाइ  निःशुल्क  एमबिबिएस  पढाउने भएको छ । बिहीबार नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि फारम भर्न आवेदन खुल्ला गरेको छ । आबेद्नमा जयपृथ्वी नगरपालिका भित्रका विज्ञान...

चाँगुनारायण नगरपालिकाले निःशुल्क रगत उपलब्ध गराउने

चाँगुनारायण नगरपालिकाले आफ्ना नगरवासीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग समन्वय गर्दै नागरिकलाई आवश्यक रगत रेडक्रसले दिने र त्यस वापतको रकम नगरपालिकाले रेडक्रसलाई उपलब्ध गराउने गरी नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको नगर प्रमुख  जीवन खत्रीले बताए ।उनले ज्येष्ठ नागरिकलाई घरघरमा गएर निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने, चाँगुनारायण नगर अस्पतालको स्तरोन्नति गर्दै सेवा विस्तार गर्ने, क्यान्सर रोकथाम गर्न विज्ञ चिकित्सकसँग परामर्

शंखरापुर नगरपालिकाले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने उनले बताए । अस्पतालसँग नगरपालिकाले यसबारेमा सम्झौता गर्ने र नगरबासीले स

टाेखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने

काठमाडाैँ- काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ। टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन्। बैठकले पाँच वर्षभित्र टोखालाई प्लास्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख प्रकाश अधिकारीले […]

सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने

सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई  निःशुल्क  डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।

हनुमाननगर कंकालिनी नगरपालिकाले छात्रालाई निःशुल्क प्लस टू पढाउने

२६ असोज, सप्तरी। सप्तरीको एक स्थानीय तहले एसईई उत्तीर्ण गरेकी छात्राहरुलाई निःशुल्क प्लस टू पढाउने भएको छ। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाले नगरभित्रका सम्पूर्ण छात्रालाई निःशुल्क रुपमा प्लस टू पढाउने भएको हो। नगर प्रमुख शैलेश साहले एसएलसी या एसईई उत्तिर्ण गरेकी छात्रालाई प्लस टू पढ्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने बताए । कक्षा ११ मा भर्ना हुने […]