रौतहटमा विद्युत् ट्रान्सफर्मर चोर्ने समूह सक्रिय

रौतहट : पछिल्लो रौतहटमा विद्युतको ट्रान्सफर्मर चोरीको घटना बढ्दै जान थालेको छ। विशेष गरी गाउँबाट बहिर वा सुनसान ठाउँमा लगाइको ट्रान्सफर्मर चोरी हुने गरेको हो।विद्युतको ट्रान्सफर्मर चोर्ने अज्ञात चोर समूह सक्रिय भएपछि विद्युत प्राधिकरणलाई समस्या भएको छ।एकैदिन जिल्लाको दुई स्थानबाट विद्युतको ट्रान्सफर्मर चोरी भएका छन्। परोहा नगरपालिका– ८ मोतिपुरमा जडान गरिएको विद्युतको ट्रान्सफर्मर अज्ञात चोरहरुको समूहले चोरी गरेको हो।विद्युत् प्रवाह गर्नको लागि लगाइएको सो ट्रान्सफर्मरभित्र रहेको महत्वपूर्ण

सम्बन्धित सामग्री

विद्युत् ट्रान्सफर्मर चोरी

विगतमा घर, पसलमा चोरी हुने गरेकोमा पछिल्लो समय काभ्रेपलाञ्चोक जिल्लामा चोरीमा संलग्न समूह विद्युत्को ट्रान्सफर्मर चोरीमा समेत सक्रिय भएको छ । पछिल्लो केही महिनामा जिल्लाका विभिन्न स्थानमा गरी चार वटा बिजुलीको ट्रान्सफर्मर चोरी भएको हो ।

रौतहटमा एक महिनामा तीन वटा विद्युत ट्रान्सफर्मर चोरी

रौतहटमा बिजुलीको ट्रान्सफर्मर चोरी हुन थालेको छ। जिल्लाका विभिन्न स्थानमा पछिल्लो एक महिनामा मात्र तीनवटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्लो समय जिल्लामा ट्रान्सफर्मर चोरको गिरोह सक्रिय भएको पाईन्छ। फतुवा विजयपुर नगरक्षेत्रअन्तर्गत...

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कार्तिक ८, पर्वत । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताईवानको सहयोगमा ४० सिलिण्डर क्षमताको प्लान्ट स्थापना गरिएको हो ।  दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा कहिल्यै पनि अक्सिजनको अभाव सिर्जना नहुने अस्पताल प्रशासनले जानकारी दिएको छ । कम्प्रेसर मशिन सहितका उपकरणहरू जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरू आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको अस्पतालका प्रमुख डा. ढुण्डीराज पौडेलले जानकारी दिए । एशोसिएसनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय ८ ओटा लायन्स क्लवहरुको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ । त्यसका लागि झन्डै रू. १२ लाखभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । १५ शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करीब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनहरूबाट शुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।  झन्डै रू. ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मेशिनका लागि लायन्स क्लबहरूले रू. ३५ लाख रुपैयाँ लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको अवस्थामा रहेको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।