पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कार्तिक ८, पर्वत । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताईवानको सहयोगमा ४० सिलिण्डर क्षमताको प्लान्ट स्थापना गरिएको हो ।  दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा कहिल्यै पनि अक्सिजनको अभाव सिर्जना नहुने अस्पताल प्रशासनले जानकारी दिएको छ । कम्प्रेसर मशिन सहितका उपकरणहरू जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरू आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको अस्पतालका प्रमुख डा. ढुण्डीराज पौडेलले जानकारी दिए । एशोसिएसनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय ८ ओटा लायन्स क्लवहरुको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ । त्यसका लागि झन्डै रू. १२ लाखभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । १५ शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करीब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनहरूबाट शुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ ।  झन्डै रू. ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मेशिनका लागि लायन्स क्लबहरूले रू. ३५ लाख रुपैयाँ लगानी गरेका छन् । अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको अवस्थामा रहेको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

सम्बन्धित सामग्री

शिक्षण अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

कम्पनीले शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको हो।...

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो। तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ।

सोना सिमेन्टमा उद्योग अक्सिजन प्लान्ट स्थापना

दाङको तुलसीपुरस्थित सोनापुर सिमेन्ट प्रा.लि.ले आफ्नो उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना गरेको छ।

सोनापुर सिमेन्ट उद्योग परिसरमा अक्सिजन प्लान्ट स्थापना

भविष्यमा त्यस्तो समस्या नपरोस् भनेर जिल्लामा धमाधम अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको प्रजिअ कुरुम्बाङले जानकारी दिए।

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाको प्राङ्गणमा रिफिलिङ्ग सहितको अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाबीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ ।मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

अक्सिजन प्लान्ट स्थापना गर्न आधार दरमै कर्जा

काठमाडौं। अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधार दरमै कर्जा प्रवाह हुने भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो। यसैगरी लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोडको विशेश पुर्नकर्जाको व्यवस्थासमेत गरेको छ। यो कर्जा एक वर्षका लागि प्रवाह हुने बताइएको छ।

दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने

स्थानीय तहको साझेदारीमा दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड–१९ का बिरामीलाई देशभर अक्सिजनको अभाव भएका समाचार आइरहेका बेला स्थानीयस्तरमै छुट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक वासुदेव […]