ब्लड क्यान्सरको उपचार नेपालमै हुन्छ,निराश हुनुपर्ने अवस्था छैन : विज्ञ

ब्लड क्यान्सरको उपचार नेपालमै सहज रुपमा हुने भन्दै विज्ञहरुले निराश हुनुनपर्ने बताएका छन् । आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनुनपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरु आइसकेकाले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए । उनल

सम्बन्धित सामग्री

स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन अध्ययनका लागि विज्ञ खोज्दै बोर्ड

बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाको स्थलगत अवलोकन गरी अवस्था, बीमितको समस्या, दाबी व्यवस्थापन तथा भुक्तानी व्यवस्था समेतलाई स्वतन्त्र विषय विज्ञबाट स्थलगत अध्ययन तथा छलफलबाट प्रतिवेदन पेश गराउनका लागि बोर्डले विज्ञ टोलीको खोजी गरेको हो।

छाला विज्ञ भन्दै गलत उपचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ

मेडिकल काउन्सिलसँगै नर्सिङ र स्वास्थ्य व्यवसायी परिषद्ले पनि यो क्षेत्रका विकृति रोक्न आवश्यक कदम चाल्नुपर्ने अवस्था छ।छाला विज्ञ भन्दै गलत उपचार गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। स्वास्थ्य मन्त्रालयले पनि छाला मात्र हो, सौन्दर्य मात्र हो भनेर छाला रोगमा भएको विकृतिमा ध्यान दिएको छैन।

नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भयो: विज्ञ

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी) का कारण नेपालको असंलग्न परराष्ट्रनीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताउनुभएको छ ।ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र नेपाल बारे अन्तरक्रियात्मक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले एमसीसी साँच्चिकै आईपीएसको अंग हो वा होइन भन्ने कुरा नागरिकले अझै बुझ्न नसकेको भन्दै यस […]

नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भयो : विज्ञ

अन्तर्राष्ट्रिय सम्बन्धका विज्ञ प्राध्यापक डा. खड्ग केसीले अमेरिकी स्टेट पार्टनरसिप प्रेग्राम (एसपीपी)का कारण नेपालको असंलग्न परराष्ट्र नीतिमा शंका गर्ने ठाउँ धेरै भएको बताएका छन्। ललितपुरमा आयोजित बदलिँदो भूराजनीतिक अवस्था र...

विज्ञ भन्छन्- ‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक होइन

झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षात्को मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताउनुभयो । उहाँले यो समस्या भाइरल इन्फेक्सनजस्तो …

पालिकामा सुशासनकाे अवस्था सुधार गर्नुपर्छ : विज्ञ

काठमाण्डाै – पालिकामा सुशासनको अवस्थामा सुधार गर्नुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले जोड दिएका छन् । सामुदायिक सारथी र एसिया फाउन्डेशनले आज साेमवार काठमाण्डाैम गरेको 'स्थानीय तहका समस्या र सार्वजनिक लेखा समितिको सम्बन्ध' विषयक अन्तरक्रियाका सहभागीहरूले सुशासन प्रवर्द्धन पालिकाकाे पहिलो प्राथमिकता हुनुपर्ने भए पनि विभिन्न समस्याले गर्दा सोचेजस्तो अवस्था हुन नसकेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा विकास समितिका सदस्य यज्ञराज सुनुवारले दण्ड र पुरस्कारको व्यवस्था नहुँदा जनप्रतिधिहरू मनलाग्दी रूपमा प्...

सरकारकै अकर्मण्यताले बजेटबिहीन अवस्था आयोः विज्ञ

अर्थविद्हरुले सरकार र संसदको अक्षमताका कारण सरकार बजेटबिहीन बनेको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अर्थविद्हरुले सरकार र संसदको अक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताए । ४ किसिमले सामान्यतया बजेट खर्च गर्न पाउने स्मरण गराउँदै उनले […]

राष्ट्रिय सभामा विज्ञ सभासद्को आवश्यकता किन ?

प्रधानमन्त्रीले हाँकेको कार्यपालिका निरंकुश बन्न नपाओस् र कार्यपालिकामाथि प्रश्न उठाउने अवस्था रहिरहोस् भनेर राष्ट्रिय सभालाई निरन्तरता दिइन्छ बेमौसममै राष्ट्रिय सभामा सिट खाली हुन पुग्यो । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल खाली...

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिनः जनस्वास्थ्य विज्ञ डा. पाण्डे

काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका छन् ।यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ल

कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...