समाजवादका लागि स्वनिर्भर अर्थव्यवस्था हुनुपर्छ, तर यहाँको अर्थबजार परनिर्भर छ । युवाहरूलाई बेचिएको छ, विप्रेषण रकम र बजेट उस्तै आकारको छ । यसअघिको राजनीतिक व्यवस्थाले शोषणरहित समाजको सिर्जना गर्ने र वि.सं. ६० कै दशकमा जनताका आधारभूत आवश्यकता पूरा गरिसक्ने भनेको थियो । त्यतिबेलासम्म देशमा आजको जस्तो ऋण पनि थिएन, अनि देशले खाद्यान्न लगायत धेरै वस्तुहरू […]