सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्ध खोप दिइसक्ने घोषणा गरेको भए पनि घोषित समयमा लक्ष्य पूरा नहुने संकेत देखिएको जनस्वास्थ्य तथा खोप विज्ञको विश्लेषण छ।बिहीबारसम्म संघीयसहित सबै प्रदेशमा गरी १ करोड १३ लाख ५९ हजार ४ सय ७ डोज खोप भण्डारण रहेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले जनाएको छ। दैनिक ५ लाखदेखि ६ लाखजनाले खोप लगाएमा मात्र लक्ष्य प्राप्त हुने खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए। ‘लक्ष्य प्राप्त हुन दैनिक कम्तीमा ६ लाखलाई खोप दिनुपर्छ, त्यो देखिएको छ