काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिएको छ । थारु समूदायले मनाउने माघी पर्वका अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधनको क्रममा माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।
नोपलमा विभिन्न समूदायले माघे सक्रान्ति पर्व मनाउँछन् । माघ १ गतेलाई थारु समूदायले माघी पर्वका रुपमा धुमधामका साथ मनाउने गर्दछन् ।