प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्तिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए । साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए ।प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड&ndas
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सम्हालेको ६ महिना पुगेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै ६५ प्रतिशत नागरिकलाई कोरोना भाइरसबिरुद्धको पूर्ण खोप लगाइएको बताएका छन्। उनले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिएको उल्लेख गर्दै ६ महिनामा आर्थिक तथा सामाजिक क्रियाकलापमा सुधार आएको उल्लेख गरेका छन्। उनले ७८ प्रतिशतलाई पहिलो डोप खोप लगाइसकेको उल्लेख गर्दै अहिलेसम्म २ […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नागरिकका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागिरहेको बताउनुभएको छ। सरकारको पहिलो प्राथमिकता नै कोरोना भाइरसविरुद्धको खोप रहेको पुनः दोहो¥याउँदै प्रधानमन्त्री देउवाले करोडौं नागरिक खोपबाट लाभान्वित भइसकेको बताउनुभयो। नेपाल चिकित्सक संघद्वारा आयोजित स्वास्थ्य शिखर सम्मेलनको शनिबार राजधानीमा उद्घाटन गर्दै कोरोना जस्ता महामारी र विभिन्न विपद्को सामना गर्न आवश्यक […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानुनी प्रबन्ध हुनुपर्ने बताएका छन् । नेपाल चिकित्सक संघको शनिबार जारी स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिएका हुन् ।
“विपत्तिको सामना गर्न अवलम्बन गर्नुपर्ने...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकका लागि कोभिड — १९ विरुद्धको निःशुल्क खोप आफ्नो पहिलो प्रथमिकता भएको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले खोपसँगै आर्थिक विकास र लगानी अभिवृद्धिलाई सरकारले ध्यान दिने बताए ।
“विकासलाई हामीले प्राथमिकता दिएका छौंँ, तर त्योभन्दा पहिले...
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको प्रष्ट गर्नुभएको छ । प्रतिनिधि सभामा आफूले मागेको विश्वासको मतसम्बन्धि प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले सरकारको प्राथमिकतामा खोपमात्रै रहेको उल्लेख गर्दै भन्न्ुभयो, ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप ।’ विकास भन्दा नागरिकको जीवन रक्षा आफ्नो […]
साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ बाट नेपाली नागरिकलाई जोगाउने सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश गर्दै उहाँले जनताको जीवनरक्षाका लागि सबै उपाय अवलम्बन गरिने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘कोभिड–१९ लोकतन्त्रको चुनौतीका रुपमा रहेको छ, मुलुकमा गरिबी र रोजगारी साझा समस्या रहेका छन्, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति र विकास हाम्रा साझा दायित्व हुन् । विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइने छ ।’
राजनीतिक दलबीच शान्तिपूर्ण प्रतिस्पर्धा र स्वस्थ्य आलोचना स्वाभाविक हो भन्दै उहाँले सबै राजनीतिक दलबीच सहमति र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकमा सुशासन कायम गरेर अघि बढ्ने विश्वास दिलाउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘मुलुकको हित तथा साझा उद्देश्य प्राप्तिका लागि दलहरुबीच सहकार्य आवश्यक छ ।’
मुलुक निकै जटिल अवस्थामा रहेको जनाउँदै उहाँले पटकपटकको प्रतिनिधिसभाको विघटनका कारण मुलुकमा थप अन्योल छाएको स्मरण गराउँदै निरन्तर सहयोग र समर्थन गर्न सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले सदनलाई अधिकार सम्पन्न र लोकतन्त्रलाई बलियो बनाउँदै राजनीतिक स्थिरताका लागि आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै सदस्यसँग अनुरोध गर्नुभयो ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले अहिले उक्त प्रस्तावमाथि दलगत धारणा राखिरहनुभएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नको जवाफपछि सो प्रस्तावलाई निर्णयार्थ सभामा प्रस्तुत गरिने कार्यसूची छ । रासस