शुक्रबार सुरु भएको सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । मुलुकमा एमसीसी प्रकरण नसेलाउँदै जारी सो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । माओवादी बैठकलाई चासोका साथ हेरिनुमा एमसीसीमात्र कारण भने होइन । एमसीसीकै कारण पार्टीभित्र बढेको विवाद र आसन्न स्थानीय तहको चुनाव समेत जोडिने भएकाले यो पार्टीले आगामी दिनमा कस्तो रणनीति बनाउँछ ? या निर्णय गर्छ भन्ने पनि सो पार्टीका नेता कार्यकर्ताले चासोपूर्वक हेरेका छन् ।त्यसो