माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव ओलीद्वारा अस्वीकार, माओवादी पृष्ठभूमिका नेताहरुसहित केन्द्रीय कमिटी बैठक बोलाउने तयारी

काठमाडौँ-  सत्तारुढ नेकपा एमालेको एकतालाई एउटा अन्तिम अवसर दिने प्रयास भइरहँदा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्रोही पक्षका नेता माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरेपनि पार्टी एकताका लागि काठमाडौँमा ‘डेरा’ जमाएर बसेका गुरुङ नेपाललाई पार्टी अध्यक्ष बनाएर भएपनि एमाले जोगाउनु पर्ने […]

सम्बन्धित सामग्री

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने माओवादीको सचिवालयले जानकारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा  र राजनीतिक प्रतिवेदनमाथि...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक भोलि आइतबार बस्ने भएको छ। बैठक विहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा बस्न लागेको हो। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीका विविध...

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै […] The post माओवादी केन्द्रीय कमिटी बैठक आज पनि appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा सरकारमा सहभागितासहित समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भैरहेको नेताहरुले बताएका छन्। प्रचण्डले माधवकुमार नेपालको नयाँ पार्टी दर्ता हुनेबित्तिकै सरकारले पूर्णता पाउने बताएका थिए। सरकारमा सहभागिता लागि माओवादी केन्द्रका नेताहरुबीच तछाडमछाड चलिरहेको छ। प्रचण्डले मन्त्री बन्न दबाब दिने नेताहरुले आफ्नो […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ । पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार गर्नुभएको छ । माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका […]

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज र भोलि दुई दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने र सोहीअनुसार नयाँ कार्यदिशा तय गर्ने बताईएको छ । केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र […]

माओवादी केन्द्रीय कमिटी बैठक सार्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबार बसेको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक : सरकार गठनबारे छलफल

काठमाण्डाै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वाेच्च अदालतले गएकाे फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र बिउँताइदिएपछि पहिलो पटक यस दलको केन्द्रीय कमिटी बैठक बसेको हो ।  बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, दलको अवस्था र आउँदा दिनमा खेल्ने रणनीतिका बारेमा छलफल भइरहेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराइ...