सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मलङ्गवामा भारतीय बसको ठक्करबाट एक साइकलयात्री र साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मलङ्गवा नगरपालिका–१२ चमेलिमाई मन्दिर नजिकै आज भारतीय बसको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शङ्कर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । हरिवनमा तीर्थयात्रीलाई छाडेर सदरमुकाम मलङ्गवातर्फ फर्कँदै गरेको बिआर ०६ टि एफ १०७४ नम्बरको मिनी बसले साइकल यात्री रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । घाइते भए