बालुवामा पैसा फलाइरहेका डिल्लीराजको गुनासाे- गोबर गन्हाउँछ भनेर अफवाह फैलाइदिन्छन्
फलफूलका बिरुवा उत्पादन गरेर मात्र कृषिमा टिक्न गाह्रो भएपछि कागती, मेवा र खर्बुजा खेती खोला किनारको बगरभित्र बालुवामा माटो मिसाएर गर्न थालेपछि आयस्रोत बढेको उप्रेतीले जानकारी दिए ।
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।
आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारबाट शुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । रासस
पशुपालन गर्ने कृषकहरुलाई मल तह लाउन पैसा दिएर मान्छे लगाउनु पथ्र्यो । मल नबिकेर सित्तमै लैजाउन भन्दा पनि कमैले मात्र लान्थे ।
तर अहिले अमेरिकाका केही राज्यमा भने गाइवस्तुको गोबरको माग धान्नै नसक्ने अवस्था आएको छ । यो राज्यमा यस अघि गोबर हटाउन पैसा नै खर्च गर्नु पर्ने अवस्था थियो । तर अहिले केही पशुपालक र दूग्ध कृषकहरुले गोबर मल विक्रीलाई साइड विजनेश बनाएका छन् । यसबाटै मनग्गे कमाइ पनि रहेका छन् ।
‘अहिले वस्तुभाउको गोबर सबैभन्दा धेरै बिक्ने कमोडिटी भएको छ,’ नेब्रस्कास्थित कृषि परामर्शदाता एलन क्याम्सनिडरले भनेका छन् । यस्ता मल किन्न क्रेताहरुको वेटिङ लिष्ट नै बनेको उनले बताएका छन् ।
अहिले विश्वभर माग अनुरुप रसायनिक मलखादको आपूर्ति भइरहेको छैन । उपलब्ध मलखादको भाउ पनि आकाशिएको छ ।
यस्तोमा कृषकहरु रसायनिक मलखादको विकल्प खोज्न तिर लागेका छन् । कयौं भने परम्परागत समाधान अर्थात गाइ वस्तुको गोबरतिर लागेका छन् ।
हालैका दिनमा गाई, भैसी, सुँगुर, घोडा लगायत वस्तुभाउको गोबर मात्रै होइन मानव मलको माग पनि आकाशिएको छ । बसन्त ऋतुमा बाली नाली लगाउने बेला आउँदै गर्दा रसायनिक मलखादको विकल्पका रुपमा यसको माग बढेको हो ।
विश्वभर कृषि क्षेत्रमा मलखादको चरम अभावबीच वस्तुभाउको मलको माग असामान्य रुपमा बढेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि मलखादको आपूर्तिमा अवरोध उत्पन्न भएको छ । फलतः विगत महीनामा मलखादको भाउमा नाटकीय वृद्धि भएको छ । यसका कारण अमेरिकी कृषकहरु प्रभावित भएका छन् ।
अधिकांश कृषकहरु मकै खेती घटाएर कम मलखाद आवश्यक पर्ने भट्मासजस्ता बाली लगाउनु पर्ने अवस्थामा पुगेका छन् ।
रसायनिक मलखादको अभावमा यस वर्ष अमेरिकामा कृषि उत्पादन घट्ने अुनमान गरिएको छ । वस्तु भाउको मलले बालीनालीको लागि आवश्यक पोषण अभाव कम गर्ने भएपनि अमेरिका भर विषादीलाई विस्थापित गर्ने गरी गाइवस्तुको मल पर्याप्त आपूर्ति छैन । यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन ढुवानी महँगो पर्छ ।
गाइवस्तुको मलले खेतबारी नजिक रहेका खोलानाला, तलाउ र जमिन मुनिको पानी विषाक्त बनाउने गम्भीर समस्या भएको इवा विश्वविद्यालयमा अनुसन्धान इञ्जिनियर र पानी आपूर्ति विज्ञ क्रिस जोनेस भन्छन् ।
गाइवस्तुको मल प्रयोगसम्बनधी सरकारी नियम र मापदन्ड पूरा गर्न गाह्रो भएको पशुपालकहरु बताउँछन् । तर फाइदा बेफाइदा जे जस्तो भएपनि माग भने चुलिएको छ ।
नाइट्रोजन लगायत रसायनिक मलखाद उत्पादन गर्न प्रशस्त ऊर्जा चाहिन्छ । प्राकृतिक ग्यास र कोइलाको मूल्य आकाशिएपछि मलखाद उत्पादकहरुले उत्पादन कटौती गरेका थिए । यसका कारण पहिला देखि नै बढिरहेको माग पूर्ति हुन सकेन ।
विषम मौसम र कोभिडको महामारीले विश्वको आपूर्ति झनै खराब बनाइदियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्ध र ढुवानी समस्याका कारण रुस र बेलारुसबाट हुने मलखाद निर्यात घटेको छ ।
गत वर्ष विश्वभर भएका निर्यातमध्ये ४० प्रतिशत पोटास रुस र बेलारुसबाट भएको थियो । विश्वभर महँगी कीर्तिमानी स्तरमा उक्लिएको समयमा पछिल्लो समय उत्पन्न मलखाद अभावले बाली उत्पादन खुम्चिने खतरा बढेको छ ।
अहिले देशको खाशगरी केन्द्रीय राजधानीको कुना कुनासम्म फोहर थुप्रेका छन् । आफूलाई सुकिला मुकिला ठान्ने कतिपय मानिसहरू नाक थुनेर हिँडिरहेका छन् । तर नाक थुन्नु पर्दैन । किनकि फोहरबाट मोहर बनाउने सरकारको योजना जो छ । यदि कोरोना नामको कीरा नफैलिद्या भए हाम्रा महानगरका पिता कुन शहरले कसरी फोहर व्यवस्थापन गरेछ भनेर स्थलगत अध्ययन गर्न दलबलसहित विदेश शयरमा निस्किसक्या हुन्थे । डलरमा भत्ता आउने भएपछि मोगादिशुदेखि मिसिसिपीसम्म पनि भ्याउँथे ।
सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि ।
तर कुरा नबुझ्नेहरूले ङ्यारङ्यार गर्न थालेकाले सरकारले सडकका फोहर उठाउन थालेको छ र ढिलोचाँडो केही उठ्ला पनि । तर देशबाट सबै फोहर सजिलै हट्नेवाला छैन है ! किनकि फोहरमा सरकारले धेरै सम्भावनाहरू पो देखेको छ त । त्यसमा पनि कथंकदाचित् अरू क्षेत्रका फोहर हटेछन् भने पनि राजनीतिभित्र भएको फोहर हटाउने त कुरै छैन । किनकि राजनीतिक व्यवस्था नै अन्तिम सत्य हो, अर्थव्यवस्था मिथ्या हो ।
फेरि तपाईंले साँच्चै खोजेजस्तो सफा त कहाँ छ र ? कुन क्षेत्र फोहोरबाट अछुतो छ र ? विकसित देशहरूबाट कन्टेनर भरिभरीकन हाम्रोे देशमा भित्रिरहेको अनेकखाले कवाडी फोहर त झन् कतिकति । राजनीतिमा नै हेरौं न । जहाँ राजनीति छ, त्यहाँ फोहर छ । फोहर छ र त त्यहाँ मोहर पनि छ । अर्थात् त्यहाँ गोबर पनि छ, गौरव पनि छ । जब गोबर र गौरव उछालिन्छ, तब राजनीतिमा गतिशीलताको दर्शन हुन्छ । नत्र राजनीति फोहरले भरिएको नालीजस्तै प्रवाहहीन हुन्छ । त्यसैले फोहर राजनीतिको स्थायी भाव हो । त्यसैले ‘मेरो वा हाम्रो चरित्रमा फोहर फ्याँक्ने काम भइरहेछ,’ राजनीतिमा प्रायः यस्ता कुरा खुब सुनिन्छन् ।
सडकका फोहरबाट मोहर भन्ने नारा छ । तर राजनीतिक फोहरबाट कमाइने आँकडा त अर्बतिर लागिसकेछ भन्छन् भित्रियाहरू । जति फोहरी राजनीति, उति आम्दानी बढ्ने भएपछि यो फोहर हट्ने वा हटाउने त कुरै भएन नि । हैन र ? अर्थात् फाइदा फोहर हटाउनुमा भन्दा फोहर गर्नुमै छ भने किन हट्छ फोहर ? निजीक्षेत्रले फोहर व्यवस्थापन गर्छु भनेर सरकारको योजनामा भाँजो नहालेको कहाँ हो र ? तर, सरकार त सरकारै हो, कुकुर भुक्दै गर्छ, सरकारको सवारी चल्दै गर्छ ।
वास्तवमा अहिले खाली सिसी, पुराना कागजवाला वा कवाडीवालाका लागि एउटा नयाँ दुनियाँको प्रादुर्भाव भएको छ । अब कवाडीवालाहरू ठेला र थोत्रा ट्र्याक्टर धकेलेर घर घर धाउन पनि नपर्ने भएको छ । किनकि शहरमा जहाँ उभियो, त्यहीँ हरेक प्रकारका फोहर पाइने भएको छ । यसले कत्तिलाई रोजगारीको नयाँ अवसर पनि दिलाएको छ ।
रोजगारी बढाउने चिन्तामा सरकार अब दुब्लाइरहनु नपर्ने भएको छ । तर सँगसँगै कवाडी व्यवसाय पनि अब कर्पोरेट पञ्जामा जाने सम्भावना पनि बढेर गएको छ ।
साँच्चै भन्ने हो भने देश अहिले फोहरमा मात्र भने पनि आत्मनिर्भर भइसकेको छ । अब पैसा कमाउन पानीबाट बिजुली बनाएर बेचिरहनुपर्ने झन्झट लिइरहनुपर्दैन । वस्तु उत्पादन गरेर निर्यात गर्ने झन्झट पनि गरिरहनु पर्दैन । देशैभरि यत्ति फोहर थुप्रिएका छन् कि, व्यावसायिक सम्भावना खोज्न अरू क्यै गरिरहनै नपर्ने भएको छ । फोहरमा मात्र फोकस गरे पुग्छ । जलस्रोतमा धनी भनेर मात्र कति चिनाउनु नेपाललाई भनेर सरकार फोहरबाट पनि विश्व कीर्तिमान बनाउन लागिरहेछ । जलविद्युत्मा अपार सम्भावना भन्दा भन्दा थाकिसकेकाले अब फोहरबाट बिजुली निकालेर बेच्नेसम्मको योजना सरकारले बनाइरहेको छ । सरकारले सम्भावना दोहनको जग हालिरहेको छ । जनता कुरै बुझ्दैनन् अनि फोहर उठाएन मात्र भन्छन् ।
मुलुकमा फेयर व्यापारभन्दा फोहरी व्यापार बढी फस्टाएको छ । फेयर ट्रेडमा १० ओटा सिद्धान्त छन् । यो फोहर ट्रेडको त एउटै सिद्धान्त छ । जति बढी फोहर, उत्ति बढी मोहर । फोहरमा मोहर हुने भएकाले त इधरउधरवालाहरू मालामाल हुने तर उद्यमीहरू रसातल पुग्ने स्थिति बनेको हो देशमा । हुन पनि के मात्रै पाइन्न फोहर कवाडीमा ? बियर र मदिराका बोतल, एन्टिबायोटिक लगायत महँगा टनिक र औषधिका बोतल । थोत्रा किताबका साथै भर्खरै छापिएका साहित्यिक नयाँ किताबहरूदेखि कतिपय पुरस्कारप्राप्त किताबहरू सबै पाइन्छन् कवाडीमा । देशको स्थिति बुझ्न, व्यापार बुझ्न अन्त कतै जानै पर्दैन, कवाडीवालाकहाँ गए पुग्छ । समाजका मान्छेहरूको स्वास्थ्य समस्या बुझ्न ढल र फोहरका टोकरीको अध्ययन गर्ने चलन त पुरानो भैसक्यो । त्यसैले कवाडी व्यवसाय पनि अब कुशल व्यवस्थापनको विषय बनिसकेको छ । म्यानेजमेन्ट कलेजहरूका लागि ‘फोहर व्यवस्थापन’ पढाइको एउटा नयाँ विषय हुन सक्छ । कवाडीमा पनि थुप्रै किमती चीजहरू पो फेला पर्छन् त । के थाहा यो फोहरभित्र देशमा हराएका लाउडा, धमिजा, चेज एयरहरू पो भेटिइहाल्छन् कि ! बूढीगण्डकी लगायत थुप्रै राष्ट्रिय गौरवका आयोजनाहरू नै फेला पर्छन् कि ⁄ विकासे योजनाका ठूला ठूला फाइल नै फेला पर्छन् कि ?
त्यसैले फोहरमा सम्भावना अनन्त छन् । बरु आउनोस् हामी सबै मिलेर कार्पेट उल्टाएर फोहर उधिन्नतिर लागौं । त्यहाँभित्र केही पुराना केही नयाँ खजाना पक्कै भेटिन सकिन्छ । नभए दशकौंदेखि थुप्रिएर बसेका फोहरहरूलाई सिनित्त पार्न पो सकिन्छ कि ? फेरि, फोहर उठाउने ठेक्का सरकारले मात्र लिएको छ र ? त्यसैले, फोहर लगेर महानगर र सिंहदरबारको गेटमा नराखौं । बरु त्यहाँभित्र गजधम्म परेर बसेका राजनीतिक फोहरहरूलाई चैं इतिहासको डम्पिङसाइटबाटै निकालेर अन्त कतै लगेर विसर्जन गर्नतिर चैं लाग्ने कि ?
माछा माछा भ्याकुता ! सरकारमा नयाँ अनुहार आउनेजस्तो कुरा थ्यो । फेरि नआउने रे, अलि पछि आउने रे । तर सरकारमा जो आए पनि, जो गए पनि जनतालाई त सधैं हात लाग्यो शून्य नै हो । मिलिजुली सरकार आए पनि, झिलिमिली वा रंगीबिरंगी जस्तो आए नि त्यसले के नै फरक पर्छ र ? किनकि अहिले भएका राजनीतिका मुख्य पात्रहरू हेर्दा विगतमा उनीहरूको काम गर्ने शैली हेर्दा, जो जहिले फेरिए पनि प्रवृत्ति फेरिने छनक कतै देखिँदैन ।
जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन ।
खैर, सरकारमा जाने पालो जसले कुरे पनि नकुरे पनि कोरोनाले चैं हाम्लाई कुर्नेवाला छैन । यता न अक्सिजन न भ्याक्सिनको स्थिति छ । यस्तो अवस्थामा कोरोनाबाट जोगिने कुरो भनेको भगवान् भरोसे मात्र हो । उता गुजरातीहरूले जीउभरि गोबर दलेर कोरोना भगाउने अभियान शुरू गरिसके । यता हाम्ले पनि क्यै न केही गर्नैपर्छ । किनकि सरकारले त केही गर्ला जस्तोे छैन ।
त्यसैले अब कोरोना भगाउन बरु भगवान्लाई खुशी पार्न सके केही भइहाल्छ कि ? त्यसैले एउटा विशाल यज्ञको आयोजना गरौं । तर महायज्ञ गर्न त धेरै पैसा चाहिन्छ । यस कामका लागि विश्व बैंक, एडीबी र आईएनजीओहरूले पैसो दिँदैनन् भन्नुहोला । चिन्ता नलिनोस् । पैसो धेरै कसरी जम्मा गर्ने भन्ने उपाय त नेता, मन्त्रीहरूले पक्कै सिकाइदेलान् नि । उनीहरूसँग त सरकारी ढुकुटीबाटै पैसा जुटाउने गज्जबको खुवी हुन्छ । किनकि उनीहरूको यसमा टन्नै अनुभव छ नि त । अझ पैसा संकलन गर्नेलाई कमिशनको पनि व्यवस्था गरिदिऊँ । त्यसपछि त पैसोको के समस्या होला र ?
बरु यो महायज्ञमा चाहिने सरसामग्रीको पनि जोहो गर्न शुरू गरिहालौं । पूजा र भुजामा सबैभन्दा पहिले त आसन चाहिन्छ । यसका लागि एउटा विशेषखाले र अरू दुईखाले केही कुर्सीहरू किनेर लेराउनुपर्छ । र, ती कुर्सीलाई विशेष पूजा गर्नुपर्छ । त्यो विशेषखाले कुर्सीलाई चैं चारैतिरबाट सिसैसिसाको बार लगाएको हुनुपर्छ । पूजा शुरू गर्नुअघि ती कुर्सीमाथि ‘इदम् भ्रष्टम्, उदम् भ्रष्टम्, तथास्तु’ लेखेर मूलघरको चुनावी कक्षको ईशान कोणमा लगेर राख्नुपर्छ ।
पण्डितले पूजा गरेपछि योे विशेषखाले कुर्सी बडेहाकिमका लागि सुरक्षित राखौं । एकथरी कुर्सी लगेर सबै दलका प्रमुख नेताहरूलाई चढाऔं । दोस्रोथरी कुर्सीहरूलाई चण्डले, मण्डले, कमण्डले आदि नाम दिऊँ र टिकट बाँड्ने हैसियतका नेतालाई दिऊँ र आफ्ना चम्चेहरूलाई बाँड्न लगाऔं । कुर्सी बाँड्नुअघि खाली कागजमा सही गराइहाल्न पनि सम्झाऊँ, भविष्यमा अविश्वासको प्रस्ताव झेल्नुपरे त्यो काम आउँछ ।
अब कुरा गरौं यो महायज्ञको खास विधिको । यज्ञस्थलको पूर्व, पश्चिम, उत्तर र दक्षिण कोणमा भ्याक्सिन उत्पादक देशहरू र तिनका बीचमा पर्ने आग्नेय, नैऋत्य, वायव्य अनि ईशान कोणमा भ्याक्सिन उत्पादक कम्पनीलाई आह्वान गरेर भक्तिभावपूर्वक आसन, पाद्य, आचमनीय, पञ्चामृत, चन्दन, अक्षता, फूल, धूप, दीप, नैवेद्यादिको अर्पणपूर्वक आराधना गर्नुपर्छ ।
त्यसपछि आकाशको पूजा गर्नुपर्छ, दुईटा वरको याचना गर्दै । एक, हावामा अक्सिजनको कमी हुन नदेऊ र दुई, भ्याक्सिन बोकेर आउने हवाईजहाजलाई आकाशमार्ग सहज गरिदेऊ भनी पुकार गरौं ।
यज्ञस्थलको बीचमा राखिने प्रधान देवताको चतुर्मुख हुनुपर्छ । एउटा मुख बिचौलियाको, अर्को मुख सरकारी उच्चपदस्थ कर्मचारीको । अनि बाँकी दुई मुखमा एउटा स्वास्थ्यमन्त्रीको र अर्को प्रधानमन्त्रीको । यी चतुर्मुखहरूले संयुक्त रूपमा मिलेर काम नगरेसम्म कोरोनाको कहरबाट देशले त्राण पाउनेछैन । किनकि यिनीहरू स्वघोषित भगवान् भएका कारण यिनीहरूले देशको नियमकानून मान्नुपर्दैन । पेशागत इमानदारी त पटक्कै गर्नुपर्दैन । यसो गरे त उनीहरू पनि त हामी सामान्य जनताजस्तै भइहाल्छन् नि, अर्थात् मान्छेजस्तै भइहाले नि ।
नामै चतुर्मुख भएपछि बोली र व्यवहार पनि चतुर्मुखे नै हुनुप¥यो । त्यसैले यिनले जति बेला जस्तो रूपको आवश्यकता पर्छ, त्यस्तै रूप प्रकट गर्ने हुन्छन् । पुराणमा यस्ता भगवान्को चर्चा पढ्नुभएकै होला, जो नेपालमा अहिले पनि जीवितै छन् । यिनले गर्न नसक्ने केही पनि छैन । तर किन हो कुन्नी जनताको भलाइ हुने काम चाहिँ यिनीहरू गर्दै गर्दैनन् ।
नेतारूपी चतुमुर्खी यस्ता भगवान् विदेश जाऊन् या बिरामी परून्, आसन अर्थात् कुर्सी कहिल्यै छाड्नु हुँदैन । त्यसैले त फेबिकोलले भन्दा बलियोसँग जोडिएको हुन्छ यिनीहरूसँग कुुर्सी । यसरी जबसम्म कुर्सीले चतुमुर्खी नेताजीका साथ छाड्दैन, तबसम्म कोरोनाले पनि यिनलार्ई छुँदैन । यो महायज्ञ गरिसकेपछि त नेताजीलाई मात्र होइन, नेताजीका आसेपासे, हनुमान्, नन्दीभृंगी कसैलाई पनि कोरोनाले केही लछारपाटो लाउन सक्तैन । जहाँसम्म जनताको कुरा छ, जनता त यसै मर्ने हो, उसै मर्ने नै हो ।
जनता मरे मरून्, नेताहरूलाई त बचाउनैपर्छ । किनकि जनता त मरेर पनि सिद्धिँदैनन् । तर नेता मरे त महाभारत नै भइहाल्छ नि । राजनीति र सरकार सबै चलाउन पनि नेता जोगाउन परेन ? नेताहरू बाँचे, जनता बाँचेसरह हुन्छ । जनताले यसमा टेन्सन लिने कामै छैन । जनताको काम भनेको नेताका लागि सडक तताउने, चुनावमा भोट दिने र समयमा कर तिर्ने मात्र हो । बाँकी काम सरकारले गर्छ । जनताले आशा गर्ने हो, भर पर्ने होइन । ‘गीतामा कर्ममा तिम्रो अधिकार हुन्छ, फलमा हुँदैन’ भनेको छ नि त । लकडाउन र निषेधाज्ञामय यस अवधिमा अहिलेसम्म गीता त पढिसक्नुभएकै होला नि ? त्यसैले अरू कुरा छोडौं, यो महायज्ञ चैं छिट्टै थालिहालौं ।
यो महायज्ञपछि पनि काम भएन भने के गर्ने भन्नुहोला । ल ! त्यसपछि के स्पष्ट हुन्छ भने यज्ञस्थलका यी त देवता होइन रहेछन्, अहिले धेरैले भन्ने गरेजस्तै चारैतिरबाट खाने अर्थात् चतुर्मुखी राक्षस पो रहेछन् भन्ने थाहा हुन्छ । राक्षस नै हो भन्ने पुष्टि भइसकेपछि के गर्नुपर्छ त ? त्यो त भूतप्रेत मन्छाउने, घोडेजात्रा मनाउने परम्परा भएका नेपालीहरूलाई सिकाइरहनु पर्ला र ?
दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आएका छन्। । २०६७ सालदेखि एक…