अनेक रस्साकसीपछि मुख्यमन्त्री बन्न सफल राजेन्द्र पाण्डे बिहीबार शपथ ग्रहण समारोहमा केही हतारिएका देखिन्थे । प्रदेश प्रमुखले उच्चारण गर्नुअघि नै पाण्डेले शपथ ग्रहणका शब्दहरू पढिरहेका थिए । मुख्यमन्त्री बन्नैका लागि संघीय राजनीतिबाट प्रदेशमा आएका पाण्डेलाई सत्तारोहण गर्न ४२ महिना कुर्नुपर्यो । जसका कारण पनि उनी हतारोमा हुन सक्छन् ।