नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनको लागि आफूले विगतमा ल्याएको अवधारणा पालना नगरिएकाले अहिले अवस्था विकराल बनेको जिकिर गरेका छन् । आफूले फोहोर व्यवस्थापनको लागि ‘जिरो वेस्ट कन्सेप्ट’ ल्याए पनि प्रकाशमानको भोट बढ्छ भनेर त्यसलाई कार्यान्वयन नगरिएको उनको गुनासो छ । आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘संसद विकास कोष हुँदाखेरि मैले जिरो वेस्ट कन्सेप्टलाई कम्युनिटीमा लगौँ भनेर सब प्रोग्राम बनाए । पैसा पनि छुट्याएँ, ए