काठमाडौंमा कोरोना कारण मृत्यु हुनेको संख्या १९ सय पुग्यो, नेपालमा भएको कूल मृत्युमध्ये २०.५१ प्रतिशत काठमाडौंमा

काठमाडौं। काठमाण्डौं जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय पुगेको छ। कोरोनाका कारण नेपालका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनाको मृत्यु काठमाडौंमा भएको छ। नेपालमा मृत्यु भएकामध्ये २०.५१ प्रतिशत काठमाडौंमा रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ९ हजार २ सय ६३ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

काठमाडौंमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १८ सय नाघ्यो

काठमाडौं। काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ८ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ८११ जनाले ज्यान गुमाइसकेका छन्। काठमाडौंमा आजसम्म दुई लाख एक हजार ९१ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये एक लाख ९३ हजार २४२ जना निको भइसकेका छन्।

पशुपतिमा यसरी व्यवस्थापन गरिँदै छ संक्रमित शव

काठमाडौं । कोरोना संक्रमितको मृत्युदर बढ्दै गएसँगै पशुपतिमा संक्रमितको शव व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहका दुईवटा मेसिनले धान्न नसकेपछि वाग्मती नदी किनारामा शव जलाइँदै छ । काठमाडौंमा कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव विद्युतीय शवदाहगृहमा मात्र जलाइन्थ्यो । तर, मृत्यु हुनेको संख्या धेरै भएपछि वाग्मती किनारामा ३०...

स्थान अभावपछि वाग्मती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव

काठमाडौंमा राजधानी काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यधिक भएपछि असुरक्षित रुपमै वाग्मती किनारा शवदाह गर्न थालिएको छ । पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा मात्रै शव जलाउँदा समय लाग्ने भएपछि वाग्मती नदी किनारमा समेत अस्थायी चिता बनाएर शव जलाउन सुरू गरिएको हो । कोरोना संक्रमितहरूको शव व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आएको छ । विद्युतीय …