सफा र स्वस्थ खाद्य वस्तु मात्र बेच्न ललितपुर महानगरको आग्रह : अटेर गर्नेलाई कारबाही गर्ने

ललितपुर – ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय तथा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यप्रति सचेत हुन अनुरोध गरेको छ । महानगरले सूचना निकालेर सफा, स्वस्थ र गुणस्तरीय खाद्यान्न, औषधिजन्य वस्तु, माछामासु र मासुजन्य पदार्थलगायत अन्य दैनिक उपभोग्य सामग्री उत्पादन तथा बिक्री गर्दा गुणस्तर र स्वच्छतामा ध्यान दिन आग्रह गरेको हो । यी सामग्रीको कृत्रिम अभाव सिर्जना गरिएको र गुणस्तरहीन सामग्री बिक्री गरिएको पाइएमा कानुन अनुसार कारबाही हुने पनि महानगरले चेतावनी दिएको छ । साथै आफूले खरिद गर्ने ...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशमा प्रांगारिक क्षेत्र घोषणा कार्यान्वयन हुँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्रांगारिक क्षेत्र घोषणा गर्ने निर्णय कार्यान्वयन गर्ने भएको छ । सोही अन्तर्गत कृषि विकास कार्यालय जुम्ला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र खाद्य तथा कृषि संगठन जुम्लाले जिल्लामा प्रांगारिक मिसन तयारी गोष्ठी सम्पन्न गरेको छ ।      व्यावसायिक प्रांगारिक तथा रैथाने बालीको उत्पादन र बजारीकरण बीचको दूरीलाई कम गर्दै विशेष प्रांगारिक मूल्य शृंखलाको विकास गर्ने उद्देश्यले अभियान गोष्ठी गरेको हो । जुम्लाका अगुुवा किसान, पत्रकार, अग्र्यानिक कृषि अभियन्ता लगायतको उपस्थितिमा जिल्ला सदरमुकाम जुम्ला बजारमा आयोजित एकदिने गोष्ठीमा अग्र्यानिक जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुलाई बाह्य बजारसम्म प्रमाणीकरण गरी विक्री गर्ने विषयमा छलफल गरिएको छ । कर्णाली प्रदेश सकारकाले १५ वर्षे प्रांगारिक कृषि योजना समेत तयार गरेको छ । प्रांगारिक खेतीको अभ्यास, उत्पादन सामग्री तथा प्राविधिक सेवा विस्तार गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखाका कृषि प्रसार शाखा अधिकृत धनबहादुर कठायतले बताए । प्रांगारिक कृषि उत्पादनमा वृद्धि गर्ने र हरित अर्थतन्त्रमा आधारित समृद्धि ल्याउने सोच प्रदेश सरकारको छ । प्रांगारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यावसायिक र प्रतिस्पर्धी बनाई किसानको जीवनस्तरमा सुधार गर्ने लक्ष्यसहित कर्णाली प्रदेश प्रांगारिक कृषि ऐन २०७६ समेत जारी भइसकेको कृषि प्रसार शाखा अधिकृत कठायतले बताए । उत्पादक र उपभोक्तालगायतका सरोकारवालाको सहभागितामा स्थानीय परिवेश अनुसार उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल विषादीरहित उत्पादनमा जोड दिइएको छ । अग्र्यानिक उत्पादनलाई ध्यान दिँदै रासायनिक विषादी प्रयोग नगरी अग्र्यानिक जिल्लाको पहिचान यथावत् राख्नुपर्ने मन्त्रालयको योजना महाशाखा अन्तर्गत कृषिप्रसार शाखाले बताएको छ । विषादीको प्रयोग बढ्दै जाँदा बजारमा स्वस्थ र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्लो समय पाउन मुश्किल भइसकेको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए । कृषि क्षेत्रको नीति बनाउन सुझाव लिने र नीति निर्माण गर्ने तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीको भनाइ छ । यहाँको रैथाने बाली संरक्षण गरे मात्र जिल्ला आत्मनिर्भर हुनेदेखि कोदो, फाँपर, उवा, ओखर, सिमी, चिनो, कागुनो धेरै उत्पादन गर्न सकिने सम्भावना छ । अग्र्यानिक मिसन सफल पार्न तथा रैथाने बाली अग्र्यानिक खेती प्रविधिमा विस्तार गर्दै बीउ संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।

‘प्रांगारिक मिसन’ कार्यक्रम सञ्चालन हुँदै

धनगढी । स्वस्थ बाली उत्पादनका लागि कैलालीमा ‘प्रांगारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रूपमा मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको कृषि प्राविधिकको भनाइ छ । रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले बताएको छ ।      ‘प्रांगारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो,’ कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्नेछ ।’ पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्रांगारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ । जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्रांगारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ । विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्णरूपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । प्रांगारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम (चक्रीय प्रणाली)लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् । विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थकर र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् । रासस