भरतपुर महानगरपालिका–२२ मा नेपाली सेनाले निर्माण गरेको बहुपयोगी भवन हल स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ ।
सेनाको सामाजिक–आर्थिक विकासका पूर्वाधार निर्माण कार्यक्रमअन्तर्गत सैनिक नागरिक सम्बन्धलाई प्रभावकारी बनाउने क्रममा बटुकदल गणद्वारा उक्त बहुपयोगी भवन हल निर्माण गरिएको हो ।
सेनाको मध्य पृतना पृतनापति उपरथी ताराध्वज पाण्डेले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई उक्त हल हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । हस्तान्तरण कार्यक्रममा प्रमुख दाह...