हिमाली जिल्ला विभिन्न क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यता ताप्लेजुङमा तेस्रोपटक ठूलो हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका—७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरुमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको छ । अहिले हिमाली बस्तीहरु हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरु भएकोमा आज पनि हिमपात जारी रहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्