काठमाण्डाै - नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो ।
नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो । टिचिङका कार्यकारी निर्देशक शैलेश वैद्यले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरेको र एक महिनाभित्र केही औषधि व्यावसायिक रूपमा बजारमा पुग्ने जानकारी दिनुभयो ।
कम्पनीले भारतको हैदराबादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्य...