हलमा लागे छक्कापञ्जा ४, छड्के २ र क्रिड ३

काठमाडौं । शुक्रबार नेपालमा तीन फिल्म रिलिज भएका छन् । नेपाली फिल्महरु ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ र हलिउडको ‘क्रिड ३’ प्रदर्शनमा आएका हुन् । कलाकार र ब्राण्डको हिसाबले यी तीनै फिल्म दर्शकमाझ प्रतीक्षित छन् । राजनीतिक कथावस्तुमा निर्माण भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी, नीर शाह, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, निर्मल शर्मा र […]

सम्बन्धित सामग्री

अनमोलको छड्के- २ र दिपकराजको छक्कापञ्जा-४ मा कसले मार्ला बाजी?

काठमाडौँ – फागुन ४ बाट प्रदर्शनमा आएका दुई फिल्म छक्कापञ्जा-४ र छड्के- २ ले नेपाली सिनेमा बजारलाई तताएको छ यतिखेर। ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ यस वर्षका प्रतीक्षित फिल्म हुन्। ‘छ’बाट नाम सुरू भएको ‘छक्कापञ्जा ४’मा दीपकराज गिरी र ‘छड्के-२’मा अनमोल केसीको शीर्ष भूमिका छ। त्यसैले पनि दर्शकमाझ यी फिल्मलाई लिएर चासो छ। तर दुवै […]

‘छक्कापञ्जा ४’ आक्रामक, ‘छड्के २’ र ‘क्रिड ३’लाई ओपनिङमा सकस

काठमाडौं । ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हपछि फिल्मको अकुपेन्सीले गति लिएको छ । मुलुकका प्रमुख मल्टिप्लेक्स चेनदेखि सिंगल स्क्रिनमा समेत अपरान्ह, बेलुका र रात्रि शोहरु शतप्रतिशत खचाखच हुने देखिएको छ । शुक्रबार बिहानीको शो ५० देखि ७० प्रतिशत देखिएपनि फिल्मले १ बजेपछि आक्रामक पिकअपको संकेत […]

चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान

काठमाडौँ – नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सधैँ लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आज रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के–२ को रिलिजमा भने फरक दृश्य देखिएको छ । छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा […]

‘ठूला फिल्म’ आउने भएपछि ‘परस्त्री’ र ‘परदेशी २’को रिलिज रोकियो

काठमाडौं । कोशिश क्षेत्री र शिल्पा मास्केको प्रमुख अभिनय रहेको फिल्म ‘परस्त्री’ले फागुन १९ गतेको पूर्वनिर्धारित रिलिज योजना स्थगित गरेको छ । उक्त मितिमा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ आउने भएपछि प्रदर्शन रोकिएको हो । निर्मात्री शर्मिला पाण्डेले प्राविधिक काममा ढिलाइ हुँदा उक्त मितिमा फिल्म नआउने बताइन् । केही दिनअघिसम्म निर्माताले फागुन १९ मा फिल्म […]

क्यूएफएक्सले ‘छक्कापञ्जा ४’सँगै ‘छड्के २’ पनि प्रदर्शन गर्ने

काठमाडौं । सातामा एउटा मात्र ‘ठूलो’ फिल्म रिलिज गर्ने पूर्वतयारीबाट मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स’ पछि हटेको छ । नेपाली फिल्म बजारमा ४० प्रतिशत हिस्सा ओगट्ने यो हलले फागुन १९ गते अनमोल केसी स्टारर फिल्म ‘छड्के २’लाई …

अनमोल अभिनित ‘छड्के २’ फागुन १९ मा नै रिलिज हुने

काठमाडौं : अनमोल केसी अभिनित फिल्म ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फागुन १९ गते नै फिल्म प्रदर्शन गर्ने जनाएको हो। फागुन १९ गते देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘छक्कापञ्जा ४’ लाई मात्र रिलिज गर्ने बताएसँगै ‘छड्के २’ ले प्रदर्शन मिति सहितको पोस्टर निकालेको…

पोस्टर रिलिज गर्दै ‘छड्के २’ले दियो फागुन १९ मै आउने सन्देश

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्धारित मिति फागुन १९ गते नै रिलिज हुने भएको छ । निर्माताले शनिबार नयाँ पोस्टर सार्वजनिक गर्दै आफू पछि नहट्ने सन्देश दिन चाहेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले उक्त मितिमा ‘छक्कापञ्जा ४’लाई मात्र रिलिज गर्ने योजना बनाइरहेको पृष्ठभूमिमा ‘छड्के २’ले पोस्टर रिलिज गरेको हो । पोस्टरमा […]

‘छक्कापञ्जा ४’ भर्सेस ‘छड्के २’ : फागुन १९ मा ‘हेभीवेट’ भिडन्त हुने

काठमाडौं । फागुन १९ गते नेपाली बक्स अफिसमा ‘हेभीवेट’ भिडन्त तय भएको छ । उक्त मितिमा प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ र अनमोल केसी स्टारर ‘छड्के २’ प्रदर्शन हुने भएका छन् । मंगलबार बिहान छड्के २ का निर्माताले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेपछि दीपकराज गिरीको फिल्म ‘छक्कापञ्जा’को चौथो श्रृंखलासँग भिडन्त निश्चित भएको हो । फागुन १९ […]

जब अनमोल केसी जेलबाट छुट्छन् , ‘छड्के २’को सुटिङ अंश बाहिरियो

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ छायांकनको एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । छायांकन हेर्न पुगेका सर्वसाधारणले पोस्ट गरेको उक्त भिडियोमा अनमोल जेलबाट रिहा हुँदै गर्दा उनका साथीहरुले स्वागत गरेको देख्न सकिन्छ । भिडियोमा उनको ग्याङस्टर लुक्स पनि स्पष्ट देखिन्छ । लगभग यस्तै दृश्य र शैलीको ‘छक्कापञ्जा ४’को सुटिङ भिडियो पनि […]