नवलपरासी – नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो ।
श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी १२ करोड ६० लाख रुपैयाँ बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिनुभयो । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उहाँले बताउनुभयो ।
नगरपालिकाभित्रका १७ व...