नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो । श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी रु १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिए । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उनले बताए ।नगरपालिकाभित्रका १७ वटै वडामा श्रममूलक आयोजना छ