काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो ।
गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका ...