चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितिको बैठक

काठमाण्डौ - वैशाख या जेठको पहिलो हप्ताभित्र पालिकाको चुनाव गर्ने गरी मिति घोषणा गर्न ढिलाइ भइरहँदा सरकार अझै अलमलमा छ । निर्वाचन आयोगले यसअघि नै वैशाखमा पालिकाको चुनावको मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । वैशाखमा चुनाव गर्नको लागि माघ पहिलो हप्ता अर्थात आजसम्ममा मिति घोषणा भइसक्नुपर्छ । तर पालिकाको चुनाव वैशाखमा गर्ने कि सार्ने भन्ने विषयमा सरकार अलमलमा छ ।  पहिले सङ्घीय चुनाव गर्नुपर्ने प्रस्ताव आएपछि सत्तारुढ गठबन्धनले चुनावका विभिन्न तीन विकल्पमा छलफल अगाडि बढाएको छ । थप छलफलका लागि उच्चस्तरीय ...

सम्बन्धित सामग्री

कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार

चुनावको मिति घोषणा भएपछि भैपरी काममा सीमित भएर निर्वाचन केन्द्रित हुनुपर्ने ‘कामचलाउ’ सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचनको मान्यता विरुद्ध एकपछि अर्को दीर्घकालीन असर र महत्व राख्ने निर्णय गरिरहेको छ ।

निर्वाचनको मिति घोषणा भएपछि संसदको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्चमा रिट

सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।यसअघि अधिवक्ता उपाध्यायसहितले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता

‘निर्वाचन घोषणापछि सरकार, प्रतिनिधि र प्रदेशसभा कामचलाउ’

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले निर्वाचन मिति घोषणा भैसकेको अवस्थामा सरकार, प्रतिनिधिसभा र प्रदेशसभा सबै कामचलाउ भैसकेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै सदस्य देवकोटाले काम चलाउ भैसकेको सरकार र संसदले दीर्घकालीन महत्वका विषयमा निर्णय गर्न नपाउने बताए । ‘संसदीय मूल्यमान्यता र परम्पराअनुसार कामचलाउ निकायले दीर्घकालीन महत्व राख्ने र प्रभाव पार्ने निर्णय गर्दैनन्’, देवकोटाको भनाइ छ । उनले कामचलाउ भैसकेको संसदले नीति तथा कानुन समेत बनाउन नसक्ने भन्दै त्यसमा सरोका

वर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा

काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भए पनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन्। आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यविधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन् । प्रधानमन्त्रीले राजीनामा गरेमा, संसदमा विश्वास गुमाएमा र  संसद् विघटन भएमा मात्र सरकार काम चलाऊ हुने उनको भनाइ […]

चुनावको मिति घोषणा गर्दा हामीलाई सोधिएन : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले चुनावको मिति घोषणा गर्दा विपक्षीसँग छलफल नगरिएको बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  उनले निर्वाचन घोषणा हुनु स्वागतयोग्य भए पनि सरकारले विपक्षीसँग छलफल नगरेको बताएका हुन् ।उनले सरकारले निर्वाचनको मिति घोषणा गर्दा प्रतिपक्षसँग छलफल नगरेको भन्दै असन्तुष्ट पोखे । तर उनले निर्वाचनको मिति घोषणाले एमाले खुसी भएको बताए । उनले जनता र एमालेको दबावकै कारण सरकार चुनावक

देउवा नेतृत्वको पाँच दलीय सरकार ‘काम चलाउ’मा परिणत

काठमाडौँ – चुनावको मिति घोषणा गरेसँगै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार ‘काम चलाउ’मा परिणत भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गर्ने निर्णय गरेसँगै सरकार काम चलाउमा परिणत भएको हो। सामन्यत चुनावको मिति घोषणा भएपछि सरकार ‘चुनावी सरकार’मा रुपन्तरण भएको छ। सरकार काम चलाउमा परिणत भएसँगै दुरगामी […]

निर्वाचन घोषणापछि स्वतन्त्र चुनावी सरकार बनाउन लिङ्देनको माग

काठमाडौं, १७ साउन । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले निर्वाचनको मिति घोषणा भएपछि संसद्लाई निरन्तरता दिन नहुने बताएका छन् । पछिल्लो समय सरकारले निर्वाचनको मिति घोषणा भएपछि पनि संसद्लाई निरन्तरता दिन चाहेको भनेर समाचार आईरहेको बेला लिङ्देनले यस्तो बताएका हुन् । उनले बरु निर्वाचनको मिति घोषणा भएपछि अहिलेको सरकारलाई विघटन गरेर स्वतन्त्र चुनावी सरकार […]

सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा छ : प्रचण्ड

१२ साउन, काठमाडौं । सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीबार प्रेस सेन्टर नेपालका पूर्व पदाधिकारीहरुसँगको भेटमा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमै चुनावको मिति घोषणा हुने बताएका छन् । प्रचण्डका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई फोन गरेर आज (बिहीबार) नै चुनावको मिति घोषणा गर्ने […]

स्वतन्त्र चुनावी सरकार गठन गर : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङदेनले स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि तत्काल स्वतन्त्र चुनावी सरकार गठन गर्न माग गर्नुभएको हो । केही समयमा सो निर्वाचनको मिति घोषणा हुने […]

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ । यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित […]