काठमाडौं : काठमाडौं महानगरपालिकाको आठौं नगर कार्यपालिकाको बैठकमा कानुनी सल्लाहकार नियुक्ति, ३२ सै वडामा डाक्टर राख्ने प्रस्ताव पेश गरिएको छ। आइतबार बसेको बैठकमा मेयर बालेन साहले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडिजिपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका थिए।महानगरका अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रस्ताव गरिएको छ। महानगरका सामुदायिक विद्यालयमा पूर्व प्राथमिक तहदेखि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गर्ने भएको छ। सरकारले कक्षा ६