नेपाल प्रहरीको पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । लिग चरणदेखि अपराजित रहँदै पुलिसले फाइनलमा त्रिभुवनआर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै तेस्रो पटक उपाधि जितेको हो । विजेता पुलिसले १० लाख र उपविजेता आर्मीले ५ …