काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।
काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएर सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा नेपाल पुलिसले बिहीबार लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अन्तिम ४ मा प्रवेश गरेको हो। जितसँगै पुलिसले तेस्रो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको हो।१ सय ८९ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाए
काठमाडौं : प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान १० बजे सुरु भएको खेलमा खेलमा दुई विभागीय प्रतिद्वन्द्वीबीचको खेल जारी छ। पुलिस सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेको हो। यस्तै, सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ४७ रनको जित निकाल्दै फाइनल यात्रा तय गरेको एपिएफ समूह बीको विजे
काठमाडौं : नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले वाग्मती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। जितका लागि १५६ रनको लक्ष्य पाएको वाग्मतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन…
काठमाडौँ । प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलव एक ओभरमा […]
प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिस क्लबले प्रदेश १ लाई ६ विकेटले हराएको हो । पुलिसले जीतका लागि १०२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य पुलिसले १३ दशमलब एक ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । भुर्तेलले २८ बल खेल्दै तीन चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी अनिल साहले २६ तथा दीपेन्द
३ पुस, काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ । यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ । शनिबार […]
३० पुस, काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको अन्तिम खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान बनाएको हो । पुलिस समूह ए को विजेता […]
काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा सोमबार सेमिफाइनल समिकरण पूरा भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ माथि ४ विकेट जित निकाल्दा सोमबार कै अर्को खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ६ रनको जित निकालेपछि जारी प्रतियोगितामा अन्तिम चारमा पुग्ने टोलीको टुङ्गो लागेको हो ।
मूलपानी क्रिकेट मैदानमा पुलिस प्रदेश २ लाई ४ विकेटले पराजित गर्दै पुलिस समूह ‘बी’ उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो । प्रदेश–२ ले दिएको १ सय ७० रनको लक्ष्य पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।
पुलिसको जितमा अनिल साहले अविजित रहदै सर्वाधिक ४७ रन बनाउँदा कुशल भुर्तेलले ४३, दिपेन्द्र सिंह ऐरी र अमित श्रेष्ठले समान १७–१७, सुनिल धमलाले १३ र कप्तान मन्जित श्रेष्ठ १२ रनमा नटआउट रहे । प्रदेश २ का कुमार थापा र विवेक यादवले ३–३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश–२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो । मौसम खराबका कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश–२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हिमान्सु दत्तले १६ रन जोडे । आदील अन्सारीले १५ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए । पुलिसको जितसँगै लुम्बिनी र प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।
सोमबारकै अर्कोमा एपिएफले आर्मीविरुद्ध ६ रनको रोमाञ्चक जित निकालेको हो । चार खेलबाट स्पष्ट जित निकालेको एपिएफ समूह ‘ए’ को विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्दा पराजित आर्मी उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश पाएको हो ।
एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन बनाएको थियो । यस अघि टस हारेर ...