डडेल्धुरा – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको जिकिर गर्नुभएकाे छ ।
गृहपालिका गन्यापधुरा–२ वडालमा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गर्नुभयो ।
सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । राजनीतिम...