शहरी विकासलाई ४५ अर्बको बजेट सिलिङ , मन्त्री झाक्रीले भनिन् 'भ्यू टावरमा खर्च नगरौ'

शहरी विकास  मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा  मन्त्रालयले लगानी गर्न नहुने बताएकी छिन् । उनले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताईन्।सोमबार मन्त्रालयमा आर्थिक बर्ष २०७९÷०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा  मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताईन् । उनले भनिन् ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिदैन, गर्नै पर्ने भए सघन शहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’भौतिक पूर्वाधारका क्षेत्रमा महत्ववपूर्ण रहेको एकीकृत पूर्वाधार मार्ग (युटिलिटी) कोरिडोर सम्बन्धी ऐन र एकीकृत शहरी विकास योजनालाई समेटेर बजेट बनाउनु पर्नेमा उनले जोड दिईन् ।जनताको मौलिक हकलाई मध्यनजर गर्दै एकीकृत आवास योजनाका कार्यक्रमलाई समेत व्यवस्थित गर्नुपर्ने  बताउँदै मन्त्री झाँक्रीले राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग लगायतका संवैधानिक आयोगहरूको आफ्नै भवन समेत नरहेकाले आयोगका भवनहरू निर्माणका लागि कार्यक्रम बनाएर बजेट व्यवस्था गर्नुपर्ने बताईन् ।योजना आयोगलाई आफ्ना योजनाबारे बुझाउँदा बजेट सिलिङ बढाउन सकिने  बताउँदै बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको अनुभव हेरेर फोहोर मैला व्यवस्थापनका लागि प्राविधिक सहयोग गर्ने खालका कार्यक्रम बजेटमा समेट्नु पर्ने बताईन् ।मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी बजेटमा नयाँ कार्यक्रम थप्नुपर्ने  बताए । युटिलिटी कोरिडोरको नयाँ योजना र एकीकृत शहरी विकास योजना आगामी बजेटमा थप्नुपर्ने  बताउँदै उनले भने , 'युटिलिटी कोरिडोर र एकीकृत शहरी विकास योजना बजेटमा  थप्नु पर्छ ।’काठमाडौं उपत्यकाको एकीकृत शहरी विकासका लागि पनि बजेटमा व्यवस्था गर्नुपर्ने बताउँदै फोहोर व्यवस्थापन सहायता केन्द्र निर्माण गर्न प्राविधिक सहयोग कार्यक्रमका लागि पनि बजेटमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९÷८० का लागि राष्ट्रिय योजना आयोगबाट चालुतर्फ ३९ अर्ब र पुनर्निर्माण ६ अर्ब गरी जम्मा ४५ अर्ब को बजेट सिलिङ पाएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले  जानकारी दिए । चालू आर्थिक वर्षका लागि गत वर्ष मन्त्रालयले ३१ अर्बको बजेट सिलिङ पाएको थियो । मन्त्रालयले पुनर्निर्माण झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै बजेटको सिलिङ बढाउन योजना आयोगलाई आग्रह गर्ने भएको छ ।

सम्बन्धित सामग्री

स्रोत सुनिश्चितताबिनाको बजेट सिलिङ

नेपालमा बजेट निर्माण तथा कार्यान्वयनमा मुख्यतया चारवटा चरणहरू पार गर्ने प्रचलन छ । ती चरणमा बजेट तर्जुमा, बजेट अनुमोदन–स्वीकृति, बजेट कार्यान्वयन र अन्त्यमा बजेट मूल्यांकन पर्छन् । सुरुवाती चरण अर्थात् बजेट तर्जुमाका बखत राष्ट्रिय स्रोत समितिले बजेट सीमा अर्थात् सिलिङको निर्धारण गर्ने गर्छ । स्रोत समिति बजेट कार्यक्रम तर्जुमाको प्राविधिक काम गर्ने निकाय हो । […] The post स्रोत सुनिश्चितताबिनाको बजेट सिलिङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भौतिक पूर्वाधारको बजेट सिलिङ ५४ अर्ब घट्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटमा ५४ अर्ब रूपैयाँको बजेट सिलिङ रहने भएको छ। चालु आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएसँगै आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार मन्त्रालयको बजेट कटौती गर्न ला...

कृषिलाई ५६ अर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५६ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ । कृषिलाई ५६ अर्ब रुपैयाँ भित्र रहेर आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगले सिलिङ दिएको हो । चालू आवमा कृषिका लागि विनियोजित बजेटकै हाराहरीमा आयोगले कृषिलाई बजेट सिलिङ दिएको छ । चालू आवका लागि कृषि […]

स्वास्थ्य मन्त्रालयले पायो ४४ अर्बको बजेट सिलिङ, चालु वर्षको भन्दा ३५ प्रतिशत कम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ४५ करोड रुपैयाँको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४४ अर्ब ४५ करोड ७१ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको हो।

बिर्तामोड नगरपालिकाको एक करोडको पुँजीगत बजेट सिलिङ

बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८० का लागि एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ ।बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।बिर्तामोड नगरपालिकाले १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७८/०८९ का लागि एक करोड रुपैयाँको पुँजीगत बजेट सिलिङ दिएकोमा यस […]

सहरी विकास मन्त्रालयको बजेट सिलिङ ४५ अर्ब

९ चैत, काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४५ अर्बको बजेट सिलिङ पाएको छ । आर्थिक वर्ष २०७९/८० का लागि राष्ट्रिय योजना आयोगले मन्त्रालयका लागि ४५ अर्बको बजेट सिलिङ तोकिदिएको हो । चालुतर्फ ३९ अर्ब र पुनर्निर्माणतर्फ ६ अर्ब बजेट सिलिङ तोकिएको मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरले जानकारी दिए । पुर्निर्माण तर्फको बजेट […]

स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ ७४ अर्ब

आगामी आर्थिक वर्षका लागि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट सिलिङ ७४ अर्व हाराहारी तोकिएको छ । आर्थिक वर्ष २०७९–०८० को बजेटका लागि मन्त्रालयलाई ७४ अर्व ३ करोड ५ लाख नबढ्ने गरी बजेट सिलिङ तोकिएको हो । राष्ट्रिय योजना आयोगबाट प्राप्त गरेको ७४ अर्व ३ करोड ५ लाख रुपैयाँ सिलिङभित्र रहेर मन्त्रालय र मातहतका निकाय बजेट निर्धारणका लागि छलफलमा जुटेका छन् । आयोगले  स्वास्थ्य मन्त्रालयका लागि १ अर्व ३१ करोड ८ लाख बराबरको सिलिङ तोकेको छ ।बाँकी बजेटको सिलिङ विभिन्न ४१ वटा निकाय, अस

आगामी आर्थिक वर्षका लागि स्वास्थ्यले पायो ७४ अर्बको बजेट सिलिङ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ७४ अर्बभन्दा बढीको बजेट सिलिङ पाएको छ। राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ७४ अर्ब ३ करोड ५ लाखभित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेको छ।

योजना आयोगले तोक्यो आगामी आवको बजेट सिलिङ

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको बजेट सिलिङ तोकेको छ । मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा भने आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट […]

आवश्यकता र क्षमताको आधारमा मात्र बजेट सिलिङ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिँदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेट सिलिङ निर्धारण गरिएको बताएका हुन् ।बजेटको सिलिङ र मन्त्रालयहरुको मागबीचमा भिन्नता […]