अवैध रूपमा भित्रिएको ५ लाख बराबरकाे खाद्यान्न बरामद

माेरङ – माेरङमा प्रहरीले अवैध रूपमा भित्रिएको ५ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार माेरङको बुढीगंगा गाँउपालिकाको नेमुवामा सुनसरीबाट विराटनगर आउँदै गरेको प्रदेश नम्बर १०२००२ च ४४२४ नम्बरको पिकअप भ्यानमा बिना विलजबिजक रहेकाे खाद्यान्न बरामद भएको हो । माेरङ प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार […]

सम्बन्धित सामग्री

गोदाममा प्रहरीको छापा : महेन्द्रनगरका व्यवसायी आन्दोलित

महेन्द्रनगर। कञ्चनपुरको प्रमुख बजार महेन्द्रनगर बिहीवार बन्द गरिएको छ। पछिल्लो समय कञ्चनपुर प्रहरीले सामान राखिएका गोदाममा नियमित रूपमा छापा मारेको भन्दै स्थानीय व्यवसायी आन्दोलित बनेका हुन् । प्रहरीले चाडपर्वको मुखमा छापा मारेर आतंकित बनाएको भन्दै व्यवसायीले त्यसको विरोध गरेका छन् । उनीहरूले सीमा जाँचपासमा नाकामा कडाई गर्नुपर्नेमा चाडपर्वको समयमा गोदाममा छापा मारिएको भन्दै गुनासो गरेका हुन् । गड्डाचौकीस्थित कञ्चनपुर भन्सारबाट साइकल क्यारिङमार्फत सामान भित्त्याइएको प्रहरीको दाबी छ । भन्सार र सशस्त्र प्रहरीसँगको मिलोमतोमा अवैध रूपमा सामान भित्रिने गरेको व्यवसायीहरू नै बताउँछन् । प्रहरीले गत शुक्रवार तस्करीका प्लास्टिकजन्य सामानको गोदाममा छापा मारेको थियो । भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारेकोे प्रहरीले ११ लाख रुपैयाँका भन्सार छलीका सामान बरामद गरेको बताइएको छ । त्यस्तै बुधवार पनि प्रहरीले ९ लाख रुपैयाँका सामान नियन्त्रणमा लिएको बताएको छ । भीमदत्त नगरपालिका–४ का विष्णु गुप्ताको पसल र गोदाममा प्रहरीले छापा मार्दा ९ लाख रुपैयाँ मूल्यका खाद्यान्न सामग्री र किराना सामान फेला पारिइएको हो । प्रहरीले गुप्तालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले चाडपर्वको समयमा प्रहरीले छापा मारेर व्यवसायीलाई आतंकित बनाएको बताए । उनले अवैध कारोबारकोपक्षमा संघ नरहेको बताउँदै राज्यका निकायले सीमामा कडाई गर्नुपर्नेमा जोड दिए । अध्यक्ष जोशीले प्रशासन र सुरक्षा निकायसँग आवश्यक छलफल गरी निष्कर्ष निकालिने बताए । साथै संघले अवैध रूपमा कारोबार, कालोबजारी र मूल्य वृद्धि नगर्न व्यवसायी आग्रह समेत गरेको छ ।

विराटनगरमा भन्सार छलेर भण्डारण गरिएको २०५ बोरा खाद्यान्न बरामद

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका वडा नम्बर ११ शिवम गणपती ट्रेडिङको गोदाममा छापा मारी ठुलो परिमाणमा सामान बरामद गरेको छ ।  भन्सार चोरी पैठारी गरी अवैध रूपमा भण्डारण गरी राखेको विना बिलको खाद्यान सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  मंगलबार छापा मार्दा मासको दाल १९७ बोरा, पहेँलो तोरी ४...

भन्सार छली भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती सुनसरीमा बरामद

मोरङ – अवैध रूपमा नेपाल भित्रिएको १६ लाख ८६ हजार मूल्य बराबरको खाद्यान्न सुनसरीमा बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरीको दुई फरक स्थानबाट अवैध रुपमा भित्रिएको ५६ बोरा चिनी र २ बोरा सुर्ती बरामद गरिएको हो। सुनसरीको इनरुवा नगरपालिकामा रहेको पोखरी चौक अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले मंसिर १ गते भारतबाट भन्सार […]