काठमाडौं : साविक विजेता मच्छिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ए डिभिज लिग अन्तर्गत शनिबारको खेलमा जित निकालेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एएफसी छनोट कपमा योग्य भइसकेको मच्छिन्द्रले तालिकाको पुछारमा रहेको फ्रेन्ड्समाथि १-० को जित निकाल्दा पोखरा रंगशालामा घरेलु टोली मनाङले च्यासल युथ क्लबलाई ५-० ले हराउँदा शनिबार सुखद नतिजा निकालेका हुन्।यस्तै दशरथ रंगशालामा नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले न्यूरोड टिम