काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर प्रदूषण बढेको छ । पानी नपर्दा धुवाँधुलो बढेको छ । यसले गर्दा वायू प्रदूषण दिनहुँ बढिरहेको छ ।
हावाको गुणस्तर सूचक मापन एअर क्वालिटी इन्डेक्सको अघि बिहान पौने ८ बजेको डाटा अनुसार भक्तपुर, काठमाण्डौ, तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर छ । काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ५३ रहेको छ । यस्तै, भक्तपुरको १ सय ५४, तुलसीपुरको १ सय ८ र धनकुटाको १ सय ६ रहेको छ ।
एक्यूआई सूचकाङ्क एक सयदेखि १ सय ५० सम्म पुग्नुलाई बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई ...