काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका दत्तात्रय, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिंगेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेवलगायत शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।
आज देशभरका शिवलयमा दर्शनार्थीको घुइँचो छ ।