राजावादीको एउटा समूहले प्रतिनिधिसभा नजिकै जलायो संविधान, २०४७ कै संविधान लागू गर्न माग

काठमाडौं : मुलुकमा आज संविधान दिवस मनाइरहँदा एउटा तप्का यसको विरुद्धमा प्रदर्शनमा उत्रिएको छ। उनीहरुले प्रतिनिधिसभा नजिकै पुगेर संविधानको प्रति जलाउँदै यसको विरोध गरेका हुन्। माइतीघरबाट सुरु भएको राजावादी समूहको र्‍याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो। त्यहाँ पुगेपछि उनीहरु संविधान मात्र जलाएनन् चर्का नाराबाजीसमेत गरे। राजतन्त्र र हिन्दु…

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: हिंसा र आतंकको छायामा संविधान

तराईकै हितका निम्ति भनेर गरिएको जनकपुरको शान्तिपूर्ण धर्नामा तराईमै आधार बनाएको एउटा समूहले बम विस्फोट गरायो । विस्फोटबाट चारजनाको मृत्यु र धेरै घाइते भएका छन् । अहिले राज्यसँग आफ्ना माग पूरा गराउन तराईलगायत पहाडमा समेत सयौंको संख्यामा यस्ता सशस्त्र समूह देखापरेका छन् । हिंसाका माध्यमबाट राज्यसत्तामा पुग्न सकिन्छ भन्ने मान्यता एनेकपा माओवादीले नै नेपालमा स्थापित गरेको हो । माओवादीले स्थापित गरेको मान्यताअनुरूपको सशस्त्र आन्दोलनको अनुकरण गर्दै अहिले नेपालमा सयौंको संख्यामा ससाना समूह जन्मेर वितण्डा मच्चाइरहेका छन् । यस्ता हिंसात्मक गतिविधिले राज्य पुन:संरचित भएर संघीयतामा जानुअघि फेरि एकपटक मुलुक गम्भीर र तृणमूल तहसम्म हिंसाको चपेटामा पर्ने संकेत देखिएको छ । मुलुकलाई फेरि रक्तपातपूर्ण स्थितिमा पुर्‍याउने कहालीलाग्दो आशंका उब्जिएको छ । हिजो हिंसाद्वारा राज्यलाई नियन्त्रणमा लिन चाहनेहरू एउटा निश्चित पहिचानका साथ देखिएका थिए । तर, अहिले यस्तो हिंसा केका लागि र किन भइरहेछ, उद्देश्य प्रस्ट छैन । राज्य पुन:संरचना पनि जातीय पहिचानसहितको प्रदेश हुनुपर्ने वा एक वा एक मधेश एक प्रदेश हुनुपर्ने अथवा नपर्ने भन्नेजस्ता अलगअलग तर आधारहीन विषयमा यस्ता हिंसा केन्द्रित देखिनु निश्चय पनि मुलुकको भविष्यका निम्ति अशुभ संकेत हो । तर, राजनीतिक नेतृत्वले यस्ता कुरालाई अझै पनि गम्भीरताका साथ लिएको देखिंदैन वा यो कुरा उनीहरूले बुझेकै छैनन् ।  (सम्पादकीयबाट) वर्ष ६, अंक २२८, बुधवार, २० वैशाख, २०६९

विवेकशील-साझामा जुट–फुटको अन्तरकथा

पहिलो संविधानसभाबाट संविधान नबनी विघटन भएपछि नेपाली राजनीति अत्यन्त तरल र संक्रमणको स्थितिमा पुगेको थियो  ।आमनागरिकसँगै युवा समूहमा अन्योल बढिरहेको थियो । त्यहीं बेला सिर्जनशी युवा उज्ज्वल थापा नेतृत्वको एउटा समूहले ‘विवेकशील दल’को अवधारणा ल्यायो । र उक्त दलले दोस्रो संविधानसभा निर्वाचनमा कुकुर चिह्न लिएर चुनावी प्रतिस्पर्धा गर्यो । नवीन राजनीतिका लागि साविक दलबाट सम्भव […]