हाइटीको राष्ट्रपति निवासका सुरक्षा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर थुनामा राखेको छ ।
हाइटीका राष्ट्रपति जोभेनेल मोइसको हत्या घटनाका बारेमा छानविन तथा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सुरक्षा प्रमुख डिमित्री केरार्जलाई सुरक्षा अधिकारीहरुले घटनाका बारेमा विभिन्न दृष्टीकोणबाट प्रश्नहरु गरेको जनाइएको छ ।
घटनाका बारेमा अनुसन्धान गर्न प्रहरीले गुप्तचर निकाय र अनुसन्धान निकायसँग समन्वय गरिरहेको पनि प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपति मोइसको गत हप्ता नि...